प्रहरीले नेपाली फिल्ममा अंकुश लगाउन खोज्योः दीपेन्द्र
काठमाडौं । प्रहरी प्रधान कार्यालयले बिहीवार फिल्म, टेलिफिल्म तथा सर्ट फिल्मलगायतमा प्रहरीको पोशाक, मनोग्राम र दज्र्यानी चिह्नको दुरुपयोगको विषयमा निकालेको चेतावनीपूर्ण विज्ञप्तिप्रति फिल्मकर्मीले विरोध जनाएका छन् । उनीहरुले प्रहरीले पञ्चायतकालको रवैया देखाएर नेपाली फिल्ममाथि अंकुश लगाउन खोजेको आरोप समेत लगाएका छन् ।
पछिल्लो समय ‘छ माया छपक्कै’ को निर्देशन गरेका निर्देशक तथा समीक्षक दीपेन्द्र लामाको बुझाई पनि त्यही रहेको छ । प्रहरीले पञ्चायतकालको मानसिकता त्याग्नु पर्ने उनले बताएका छन् । उनले सामाजिक सञ्जालमा एक स्टाटस् पोष्ट गर्दै फिल्मकर्मीलाई फिल्म बनाउन दिन र विवेकलाई सम्मान समेत उनले आग्रह गरेका छन् ।
‘प्रहरी पात्रले चोरी, जाली काम गरेको देखाइयो भने पटकथा सच्याएर ल्याउनु भन्छ । त्यतिमात्र होइन सिनियर प्रहरीले जुनियरलाई तिमी वा तँ भनेर सम्बोधन गरेको छ भने तपाईं लेखेर ल्याउनु भन्छ । आदरणीय प्रहरी हाकिमहरु ! आफ्नो डिपार्टमेन्टका अफिसरहरुलाई तमिज सिकाउनुस्, घुस नखान, बलात्कार नगर्न, हत्या नगर्न सिकाउनुस्’ दीपेन्द्रले स्टास्मा लेखेका छन् ।
यस विषयमा दीपेन्द्रले विकास बोर्डलाई समेत तीन सुझाव दिएका छन् । जसमा प्रहरी वा सेनाका नक्कली बर्दी, चिह्न र हातहतियार कथाको मागअनुसार प्रयोग गर्न दिइने, नक्कली बर्दी र हातहतियारहरुको छायाँकन स्थलभन्दा बाहिर दुरुपयोग भएमा निर्माता कानुन बमोजिम सजायको भागिदार हुने र सार्वजनिक स्थलमा नक्कली प्रहरी र हातहतियार प्रयोग गरि छायाँकन गर्नुपरे नजिकको प्रहरी चौकीलाई जानकारी गराउनुपर्ने रहेका छन् ।
निर्देशक दीपेन्द्र मात्र होइन प्रहरीको उक्त विज्ञप्तिको धेरै फिल्मकर्मीले सामाजिक सञ्जाल लगायतका माध्यबाट विरोध गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण