रौतहटमा थप एक कोरोना भाइरस संक्रमितको मृत्यु
बिहीबार, १३ कात्तिक २०७७, १२ : ०५

कोरोना भाइरस संक्रमणका कारण यहाँ थप एक जनाको ज्यान गएको छ ।
चन्द्रपुर –१० बाल्चनपुर की ४३ वर्षीया महिलाको कोरोना संक्रमणबाट उपचारका क्रममा चितवन मेडिकल अस्पतालमा मृत्यु भएको हो ।
नेपाली सेना, इन्द्रबक्स गण पुरेनवा गौरबाट उपसेनानी शिवराज खत्रीको नेतृत्वमा आज चन्द्रपुर –५ चाँदी नदी किनारमा शव व्यवस्थापन गरिएको छ ।
यससँगै जिल्लामा कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
मिर्गौला रोगी महिलालाई उपचारका लागि यही कात्तिक ६ गते चितवन अस्पताल लगिएकामा स्वाब संकलनपछि बुधबार दिउँसो मृत्यु भएको थियो । पिसिआर रिपोर्ट भने राति मात्र आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
-
सप्तरी घटनाबारे जानकारी लिन गृहमन्त्री लेखक सशस्त्र प्रहरी मुख्यालयमा
-
सहसचिव भट्टराई तीन दिन अख्तियारमा उपस्थित, मन्त्रालयमा गर्छन् हाजिर
-
भारतको केन्द्रीय बैँकद्वारा अपेक्षाभन्दा बढी ब्याजदर कटौती
-
पूर्वप्रधानमन्त्री नेपालमाथिको मुद्दा सम्मानपूर्वक निरुपण हुनुपर्छ : महामन्त्री थापा
-
तीन दिनदेखि भैरहवा भन्सारको सर्भर डाउन