प्रहरीले भेट्टायो लाख रुपैयाँको झोला
शुक्रबार, १४ कात्तिक २०७७, ०९ : २२
इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरीले भेटाएको करिब रु एक लाख नगद, मोबाइल र गहना सम्बन्धित व्यक्तिलाई बुझाइएको छ ।
बिहीबार दिउँसो साढे ४ बजेको समयमा टीकापुर–लम्की सडकखण्डमा ड्युटीमा खटिएका प्रहरी हवल्दार नरबहादुर ठगुन्नाले सडक किनारमा रातो ढाकाको लेडिज ब्याग फेला पारेका हुन् ।
फेला परेको झोलाभित्र रु ९९ हजार ६४० नगद, मोबाइल, एक जोर पाउजु र एटीएम कार्ड रहेको थियो ।
झोला टीकापुर नगरपालिका–१ ब्लक नं १९ का मञ्जु कुँवरको रहेको र उनलाई बोलाई जिम्मा लगाएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण