कोरोना संक्रमणः नेपालमा फैलियो, छिमेकमा घटे
काठमाडौं – सार्कमा भारतलगायत अन्य मुलुकले कोरोना संक्रमण र निको हुने दरमा उल्लेख्य प्रगति गरिरहँदा नेपालको अवस्था चिन्ताजनक देखिएको छ। सार्क मुलुकमध्ये नेपालमा सबैभन्दा थोरै संक्रमित निको भएका छन्।
पाकिस्तानमा सबैभन्दा बढी ९३.८ प्रतिशत निको भएका छन्। त्यसपछि क्रमशः भारतमा ९२ र भुटानमा ९१.६, अफगानिस्तानमा ८२.५ र बंगलादेशमा ७९.८ प्रतिशत छ। नेपालमा निको हुने दर ७९.३ प्रतिशत छ। भारतमा सक्रिय संक्रमितको संख्या घटेर ५ लाख ३६ हजारमा झरेको छ। ७६ लाख ५६ हजारभन्दा बढी व्यक्ति निको भई घर फर्किसकेका छन्।
‘कोरोना संक्रमणलाई सामान्य रूपमा लिइयो। सरकार र नागरिक दुवै तहबाट हेलचेक्र्याइँ भयो’, जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले भने, ‘अहिले अरिंगालको गोलामा ढुंगा हानेजस्तो अवस्था हो। अरिंगाल त रिसाएर टोक्दै हिँडेजस्तो संक्रमितहरूले पनि अरूलाई संक्रमण फैलाउन पुगेका छन्।’ डा. मरासिनीले काठमाडौं उपत्यकालगायत सहरी क्षेत्र ‘अरिंगालको गोला’का रूपमा रहेको बताए। लक्षणविहीन संक्रमित पनि गाउँगाउँ पुगेको उनको भनाइ छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतमले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण