बाइडेनले आफूले आफैंलाई बिजेता बताउनु गलतः ट्रम्प
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चुनावको नतिजा मान्न अस्वीकार गरेका छन् ।
उनले यसबारे एक बयान जारी गरेका छन् जसमा उनले भनेका छन्, ‘हामी सबैलाई राम्रोसँग थाहा छ कि बाइडन हतार गर्दै गलत तरिकाले आफूलाई बिजेता बताइरहेका छन् । मिडियामा उनको समर्थक उनको मद्दत गर्न यति धेरै किन कोसिस गरिरहेका छन् । उनीहरु वास्तविकताबारे पर्दाफास होस् भन्ने चाहँदैनन् ।’
‘सिधा कुरा यो हो कि अहिले यो चुनाव समाप्त भइसकेको छैन । जो बाइडेनलाई अहिलेसम्म कुनै पनि राज्यले बिजेता घोषित गरेको छैन । थुप्रै राज्यमा पुनः मतगणना हुँदैछ । यस्ता राज्य पनि छन् जहाँ हाम्रा प्रतिनिधिले कानूनी रुपमा आपत्ति पनि दर्ता गरेका छन् ।’
ट्रम्पले यसअघि पनि भोट गन्तीको विषयमा प्रश्न उठाइरहेका छन् । यद्यपि, उनले यससम्बन्धि कुनै प्रमाण भने पेश गरेका छैनन् ।
ट्रम्पका वकिलले सोमबारदेखि कानूनी लडाईं सुरु गरिने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मिथ चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण