बाइडेनले आफूले आफैंलाई बिजेता बताउनु गलतः ट्रम्प

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चुनावको नतिजा मान्न अस्वीकार गरेका छन् ।
उनले यसबारे एक बयान जारी गरेका छन् जसमा उनले भनेका छन्, ‘हामी सबैलाई राम्रोसँग थाहा छ कि बाइडन हतार गर्दै गलत तरिकाले आफूलाई बिजेता बताइरहेका छन् । मिडियामा उनको समर्थक उनको मद्दत गर्न यति धेरै किन कोसिस गरिरहेका छन् । उनीहरु वास्तविकताबारे पर्दाफास होस् भन्ने चाहँदैनन् ।’
‘सिधा कुरा यो हो कि अहिले यो चुनाव समाप्त भइसकेको छैन । जो बाइडेनलाई अहिलेसम्म कुनै पनि राज्यले बिजेता घोषित गरेको छैन । थुप्रै राज्यमा पुनः मतगणना हुँदैछ । यस्ता राज्य पनि छन् जहाँ हाम्रा प्रतिनिधिले कानूनी रुपमा आपत्ति पनि दर्ता गरेका छन् ।’
ट्रम्पले यसअघि पनि भोट गन्तीको विषयमा प्रश्न उठाइरहेका छन् । यद्यपि, उनले यससम्बन्धि कुनै प्रमाण भने पेश गरेका छैनन् ।
ट्रम्पका वकिलले सोमबारदेखि कानूनी लडाईं सुरु गरिने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुङ्गा नौबिसे सडक विस्तार : यही वैशाख २२ देखि ३१ गतेसम्म पाँच घण्टा बन्द गरिने
-
प्रहरीलाई ‘बुख्याचा’जस्तो बनाउन खोजिएको छ
-
यूथ भिजन-२०३५ निर्माणका लागि छलफल प्रारम्भ
-
जित्नैपर्ने दबाबमा रहेको कोलकातालाई उसैको घरमा चुनौती दिँदै उपाधि होडबाट बाहिरिएको राजस्थान
-
अस्ट्रेलिया चुनाव : विपक्षी दलका नेतालाई नै हराउने अलि को हुन् ?
-
अर्बपति लगानीकर्ता वारेन बफेटले वर्कशायर हाथवेको सीईओ पदबाट राजीनामा दिने