सकियो १८ औं किम्फ

काठमाडौं । नेपालका दुई फिल्म ‘दि स्नोपार्ड कलिङ’ र ‘दि सङ अफ क्लाउड’लाई उत्कृष्ट पुरस्कार दिदै १८ औं संस्करणको किम्फ सकिएको छ ।
गत बिहिबार सुरु भएको फेष्टिभल सोमबार सकिएको हो । किम्फमा ‘दि स्नोपार्ड कलिङ’ नेपाल पनोरोमा अन्तर्गत डकुमेन्ट्री फिल्म विधामा उत्कृष्ट भएको थियो भने फिल्म ‘सङ अफ क्लाउड’ कथानक फिल्मतर्फ उत्कृष्ट ठहरिएको हो । दुवै फिल्मले क्रमशः १ लाख नगद समेत पुरस्कारको रुपमा प्राप्त गरेका छन् ।
अंकित निर्देशित ‘दि सङ अफ क्लाउड’ फिल्म बिभिन्न फेष्टिभलमा समेत प्रिमिएर भइसकेको छ । फेष्टिभलमा सिकुमा राई निर्देशित ‘चरक दाना बाना ओ सिम्मा’ले जुरीबाट स्पेसल मेन्सन अवार्ड पाएको छ ।
फेष्टिभलमा अफगानको युद्धबाट भागेर इरान छिरेका शरणार्थीको पहिचानको कथा समेटिएको ‘दि सिल्युट’लाई अन्तर्राष्ट्रिय विधातर्फ प्रथम पुरस्कार प्रदान गरियो । इरान र फिलिपिन्स मिलेर निर्माण गरेको फिल्मलाई अफसानह सेलेरीले निर्देशन गरेकी हुन् ।
अन्तर्राष्ट्रिय विधातर्फ नै टिना म्याडिसन निर्देशित फिल्म ‘दि बिलोभेड डटर’ले दोस्रो र ‘बाटो’ नामक फिल्मले तेस्रो स्थान हासिल गर्यो । विजेता तीनै फिल्मले क्रमशः २ हजार, १५ सय र १ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेका थिए ।
नेपाल र अन्तर्राष्ट्रिय गरी दुई भागमा बिभाजन गरेर पुरस्कार बाडिएको फेष्टिभल कोभिड १९ द्धारा सृजित परिस्थितिका कारण भर्चुअल रुपमा आयोजना भएको थियो । फेस्टिभलमा १५ मुलुकका १८ वटा चलचित्रहरु र नेपालका कथानक र डकुमेन्ट्री गरि १२ फिल्म सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साइकल यात्राको महत्त्व बढ्दै गएको छ : मन्त्री यादव
-
आइतबारको संसद् बैठक सहज रूपमा सञ्चालन हुने सभामुख घिमिरेको सङ्केत
-
‘माउन्टेन फ्लाइट’ बाट सगरमाथा नियाल्दा, तस्बिरहरू
-
बिहानै पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु
-
पीयूष चावलाद्वारा व्यावसायिक क्रिकेटबाट संन्यास
-
नर्वेसँग लज्जास्पद हारपछि इटाली ‘कठिन अवस्थामा’