अमेरिका हिंसामा ८ महिलासहित हालसम्म ६८ जना पक्राउ
शुक्रबार, २४ पुस २०७७, ०५ : ५४
यूएस क्यापिटल हिल्स (अमेरिकी संसद भवन) मा भएको हिंसामा हालसम्म ६८ जनालाई पक्राउ गरिसकिएको जानकारी दिइएको छ । तीमध्ये एकजना मात्रै वासिङ्टन डिसीको बताइएको छ । वासिङ्टन डीसीका प्रहरी चिफ रोबर्ट कन्टीले पक्राउ पर्नेमा ८ महिला रहेको जानकारी दिएका छन् ।
उनका अनुसार विभागले हिंस्रक भीडका एक–एकको पहिचान गरेर उनीहरुलाई यसका लागि जिम्मेवारी ठहर गर्ने दिशामा काम गरिरहेको जानकारी दिएका छन् ।
प्रहरीले धेरैको तस्बिर निकालेको र उनीहरुको पहिचानका लागि समुदायको सहयोग लिइरहेको पनि उनले जानकारी दिए।
यस्तै, छिमेकी राज्य मेरिल्याण्डमा प्रहरीले एक वेबसाइट बनाएर हिंसामा संलग्न मानिसहरुको तस्बिर जारी गर्दै उनीहरुको पहिचान गर्ने कोसिस गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण