तेस्रो डिभिजनको टोलीसँग रियलको लज्जास्पद हार
युरोपियन महारथी रियल म्याड्रिडले १० खेलाडीमा सिमित तेस्रो डिभिजनको टोली अल्कोयानोसँग कोपा डेल रेमा लज्जास्पद हार ब्यहोरेको बनेको छ । बुधबार राति भएको खेलमा रियल अतिरिक्त समयमा २–१ गोलले पराजित बनेको हो ।
जिनेदिन जिदानको टोलीले एडर मिलिटाओको गोलको मद्दतले अग्रता लिएको थियो । तर, खेल सकिन १० मिनेट बाँकी छँदा होजे सोल्बेसले गोल गर्दै खेल बराबरी गरे ।
अतिरिक्त समयमा खेल प्रवेश गरेपछि ११० औँ मिनेटमा रामोन लोपेजले दोस्रो पहेँलो कार्ड खाएपछि अल्कोयानो १० खेलाडीमा सिमित बनेको थियो । तर, त्यसको पाँच मिनेटपछि जुआनानले गोल गर्दै टोलीलाई ऐतिहासिक जीत दिलाए ।
रियलले १९ पटक कोपा डेल रेको उपाधि जितेको छ । तर, पछिल्लो सात वर्ष यस उपाधिबाट टोली बञ्चित रहँदै आएको छ । सन् १९९३ पछि रियलले मात्र दुई पटक यो उपाधि जितेको छ । सन् २००१ यता रियल पाँचौ पटक तेस्रो डिभिजन टोलीसँग हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ ।
‘म यसको जिम्मेवारी लिन्छु,’ जिदानले खेलपछि भने । सुपरकपमा एथ्लेटिक बिल्बाओसँग हार ब्यहोरेको टोलीमा जिदानले ९ वटा परिवर्तन गरेका थिए ।
क्लबलाई तीनवटा च्याम्पियन्स लिग उपाधि दिलाएका जिदान पछिल्लो समय निकै दबाबमा छन् । रियल ला लिगामा शीर्ष स्थानमा रहेको एथ्लेटिको म्याड्रिडभन्दा चार अंकले पछि परेको छ । एथ्लेटिकोले दुई खेल कम खेलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण