मिस नेपाल अनुष्काले थालिन् गुदपाक व्यवसाय ‘माक्कुसे’
काठमाडौं । मिस नेपाल वर्ल्ड २०१९ की विजेता अनुष्का श्रेष्ठले आधुनिक स्वादमा परम्परागत नेपाली रेसिपी डेसर्ट ब्राण्ड ‘माक्कुसे’ बजारमा ल्याएकी छिन् । नेपाली परम्परागत परिकारलाई पुनर्जीवित गर्दै विश्व बजारमा स्थापित गर्ने उद्देश्यले श्रेष्ठले माक्कुसे बजारमा ल्याएकी हुन् ।
माक्कुसे अर्थात् बर्णन नै गर्न नसकिने अत्यन्तै मिठो परिकार, नेवारी भाषामा रहेको छ । माक्कुसे ब्राण्डबाट हाल परम्परागत पुष्टकारी, गुलाबजल र पिस्ता सहितको गुदपाक, मोका (कफि मिश्रित) गुदपाक, चकलेट र गुदपाकबाट बनेको कुकिज, ओटमिल र पम्किन सिडबाट बनेको कुकिज उपलब्ध छन् ।
माक्कुसेका उत्पादनहरू परम्परागत नेपाली डेसर्टबाट प्रेरित छन् । उत्पादनहरू दूधको खुवा प्रयोग गरि बनाइएको छ । पहिलेको स्वाद र नयाँ तरिकाको बनावट रहेका यी उत्पादनहरूले पुराना र नयाँ स्वादलाई सन्तुलन गर्ने उत्पादक कम्पनीको भनाई छ ।
‘गुदपाक, पुष्टकारी मिठो स्वादका लागि मात्रै होइन, पोषणका लागि पनि उत्तिकै महत्वपूर्ण छ । हामीले यसको ठेट स्वादलाई कायम गरी आधुनिक तरिकाबाट प्रस्तुत गर्न खोजेका छौँ ।’ माक्कुसेका सिइओ तथा सह–संस्थापक अनुष्का श्रेष्ठले भनिन्, ‘हाम्रा उत्पादनहरु विगतको दायराबाट नवीन र उत्साहजनक भविष्यतर्फ लम्किएको छ ।’

गुदपाक जस्तो ठेट नेपाली डेसर्ट पछिल्लो समय लोप हुँदै गैरहेको अवस्थामा कच्चा पदार्थको गुणस्तर र स्वास्थ्य संवेदनशिलतालाई मध्यनजर गर्दै गुणस्तरीय उत्पादनमा जोड दिएको अनुष्काको भनाइ छ । काभ्रेबाट दैनिक ताजा खुवा ल्याएर माक्कुसेको उत्पादन तयार गर्ने गरेको उनले बताइन् ।
मिस नेपाल वर्ल्ड २०१९ को विजेता समेत रहेकी अनुष्का मिस वल्डमा सहभागी भएर फर्केपछि विश्वमाझ नेपाललाई चिनाउने भोक आफूमा जागेको र सोही चाहनालाई पछ्याउँदै माक्कुसेको उत्पादन थालनी गरेकोे उनले बताइन् ।
त्यसो त हाल माकुसेलाई अनुष्काले नै नेतृत्व गरिरहेकी छिन् । अष्ट्रेलियामा उच्च शिक्षा अध्ययनपछि नेपाल फर्केर व्यवसायमा लागेकी अनुष्का बिदेशमा अर्जन गरेको सीप र ज्ञान स्वदेशमा सदुपयोग गर्नुपर्नेमा विश्वास राखेको बताउँछिन् ।
‘परम्परागत डेसर्टलाई बजारमा ल्याएर व्यवसायमा जम्न त्यति सजिलो थिएन । झन् माक्कुसे सुरु गर्नै लाग्दा कोभिड १९ का कारण समय जटिल बनिदियो । यो चुनौतीलाई समेत सामना गर्दै हामीले माक्कुसेलाई स्थापित गरिछाड्यौं । जब हामी कुनै खास देशको मिठाईहरू सोच्दछौं त अनकौं तस्वीर दिमागमा आउँदछन् । नेपाली मिठाईका बारेमा सोच्दा तपाईको दिमागमा कस्तो चित्र आउँला ?’ अनुष्का भन्छिन्, ‘हामी विश्वास गर्दछौं कि अब माक्कुसे यसको जवाफ बन्ने छ ।’

माकुसे, नेपाली डेर्जट ब्राण्ड नेपालमा मात्र नभई विश्वमै नेपालको मिठाईको अद्वितीय पहिचान बनाउन सफल हुने विश्वास माक्कुसे टिमको रहेको छ । माक्कुसेको सामाजिक सञ्जाल र लोकप्रिय नेपाली ईकमर्स ग्यापु मार्केटप्लेसको मोबाइल एप तथा वेबसाईट gyapu.com मा अर्डर गरि माक्कुसे नेपाल भर घरैमा डेलिभरी मगाउन सकिन्छ ।
ग्यापु मार्फत नै विदेशमा रहेका ब्यक्तिले सोही देशको डेबिट÷क्रेडिट कार्ड प्रयोग गरेर नेपालमा रहेका आफन्तलाई माक्कुसेका उत्पादन उपहार पठाउन सकिने ब्यवस्था समेत कम्पनीले मिलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण