कास्कीमा २ सय ८२ जना जनप्रतिनिधि एमालेमै रहने
नेकपा एमालेबाट कास्कीमा निर्वाचित भएका सवै जनप्रतिनिधिहरु एमाले पार्टीमै रहने भएका छन् । नेकपा एमाले औपचारिकरुपमा विभाजन भएपछि बनाइएको नेकपा एकीकृत समाजवादी पार्टीमा कास्कीका कुनै पनि निर्वाचित जनप्रतिनिधिहरुले साथ नदिने भएका हुन् ।
पोखरामा आयोजित निर्वाचित जनप्रतिनिधिहरूको भेलामा कास्कीबाट निर्वाचित भएका २८२ जना जनप्रतिनिधिले एमालेमै रहने घोषणा गरेको एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले जानकारी दिए । भेलामा कास्कीका ४ गाउँपालिका, पोखरा महानगरपालिका, प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिकमा जननिर्वाचित प्रतिनिधिहरू सहभागी भएका थिए ।
कास्कीमा ५ पालिकामध्ये अन्नपूर्ण गाउँपालिकामा अध्यक्ष बाहेक सबै पालिकामा अध्यक्ष र उपाध्यक्ष नेकपा एमालेले जितेको थियो । त्यस्तै पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, उपमेयर मञ्जुदेवी गुरुङसहित २२ वटा वडाध्यक्ष नेकपा एमालेले जितेको थियो भने ११ वटा वडा अध्यक्ष नेपाली काँग्रेस विजयी भएको थियो ।
पोखरा महानगरपालिकामा एमालेबाट ७१ जना पुरुष र ५१ जना महिलासहित १२२ जना जनप्रतिनिधि निर्वाचित भएका थिए । पार्टी विभाजन पछि पनि १२२ जनाले नै एमालेलाई साथ दिएको पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले बताइन ।
कास्कीको रुपा गाउँपालिका अध्यक्ष नवराज ओझा, मादी गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङ, माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ, अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष सगुन गुरुङसहित सबै वडाअध्यक्ष र सदस्यहरू नेकपा एमालेमा लागेका हुन । प्रतिनिधिसभाका लागि ३ वटा निर्वाचन क्षेत्र भएको कास्कीमा ६ वटा प्रदेश सभा र ५ वटा स्थानीय तह छन् । प्रतिनिधिसभामा ३ र प्रदेश सभामा समानुपातिक सहित ८ सांसद सवै एमालेले जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण