शरीर स्वस्थ राख्न अत्यावश्यक ओमेगा–थ्री, यी चिजबाट पाउनुहोस्
शरीर पूर्ण रुपमा स्वस्थ राख्नका लागि आहारमा ती खानेकुरा समावेश गर्नुपर्छ, जसबाट हामीलाई आवश्यक पोषक तत्व मिलोस् । धेरैजसो हामी भोजनको माध्यमबाट प्रोटिन, भिटामिन र आइरन प्राप्त गर्छौैँ । तर हामीले केही यस्ता पोषक तत्वको जानी नजानी बेवास्ता गर्दै आएका छौ, जुन राम्रो स्वास्थ्यका लागि अत्यावश्यक मानिँदै आएको छ ।
ओमेगा–थ्री फ्याटी एसिड शरीर र मस्तिष्कका लागि विभिन्न किसिमबाट लाभदायक मानिन्छ । यती मात्रै होइन कि केही अध्ययनबाट जानकारीमा ल्याएको यो पोषक तत्वको सेवन गर्दा मुटुको बिमारीबाट सुरक्षित हुन सकिन्छ । स्वास्थ्य विशेषज्ञका अनुसार वयस्कलाई भोजनको माध्यमबाट प्रतिदिन २५०–५०० मिलीग्राम ओमेगा–३ फ्याटी एसिडको सेवन गर्नुु आवश्यक छ ।
आउनुुहोस्, जानौँ ओमेगा–३ पाइने खानेकुराः
ओखर
ओखर विभिन्न किसिमको पोषक तत्वले भरिपूर्ण खानेकुरा हो । यसको २८ ग्राममा २ हजार ५७० मिलिग्राम बराबर ओमेगा–३ फ्याटी एसिड पाइन्छ । यसका अलावा ओखरमा ‘फाइबर, उच्च मात्रामा तामा, भिटामिन इ’ जस्ता पोषक तत्व पाइन्छ । यसमा फिनोल नामक एन्टीअक्सिडेन्ट हुन्छ जुन स्वास्थ्यका लागि निकै लाभदायक हुने अनुसन्धानले बताएको छ ।
चियासिडः
चियासिड फाइबरका साथसाथै ओमेगा–थ्री फ्याटी एसिडको उत्कृष्ट स्रोत मानिन्छ । चिया सीडको २८ ग्रामको मात्रामा ५.०५५ ग्राम ओमेगा–थ्री हुन्छ । शाकाहारीका लागि चियासिडको सेवन गर्नु राम्रो मानिन्छ ।
माछाः
सालमन माछा ओमेगा–थ्री फ्याटी एसिडका लागि भरपुर स्रोत मानिन्छ । कयौँ किसिमका प्रजाति र माछामा ओमेगा–थ्री फ्याटी एसिड पाइन्छ । यसबाहेक ब्लूबेरी, आलस र भटमासमा पनि ओमेगा–थ्री भरपुर मात्रा पाइन्छ । कोरोनाको यो समयमा शरीरको प्रतिरोधात्मक क्षमता बढाउन यी बस्तुहरुको सेवन आवश्यक मानिन्छ । ओमेगा–थ्री हृदय रोग, फोक्सोको बिमारी र शरीर सुन्निने समस्याबाट मुक्ति पाउनमा पनि सहयोगी हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष जलमार्गको सम्बन्धको सम्भावना खोज्दै बङ्गलादेश र माल्दिभ्स
-
सुनसरीमा संयुक्त रूपमा सुरक्षा योजना निर्माण र परिचालन गर्ने निर्णय
-
‘सेवा पुरस्कार’ मुटु रोग विशेषज्ञ डा.कोइरालालाई
-
विप्लव भन्छन्– गोली र दमनले जनता होइन सत्ता ढाल्छ
-
१० बजे १० समाचार : सुनसरीमा सामाजिक सद्भाव बनाउन सर्वपक्षीय सहमति, रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
-
नेपालमा लगानी गर्न अर्थमन्त्री वाग्लेको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण