यी हुन् भारतमा फेब्रुुअरीमा सर्वाधिक बिक्री भएका ५ विद्युतीय कार
भारतमा विद्युतीय कारको बिक्री जनवरी र फेब्रुुअरीमा बढेको छ । वर्षको सुरुवाती २ महिनामा मात्रै विद्युतीय कारको दर्ता १ लाखको आँकडा पार गरेको छ । यसमा टाटा मोटर्स सर्वाधिक अगाडि छ । कयौं सवारी निर्माताहरु अब देशमा विद्युतीय सवारीलाई बढावा दिन सस्तो विद्युतीय कार प्रस्तुत गरिरहेका छन् । भारतमा फेब्रुअरी महिनामा सर्वाधिक बिक्री भएका विद्युतीय कार यस्ता छन्–
१.टाटा नेक्सन/टाटा टिगोर
बजारमा ९६ प्रतिशत हिस्साका साथ टाटाले विद्युतीय कारको वृत्तमा आफ्नो दबदबा कायम राखेको छ । यसको दुुई विद्युतीय मोडल टाटा नेक्सन ईभी र टाटा टिगोर इभीले फेब्रुुअरीमा लगभग २२६४ थान कार बिक्री गरेको थियो । जुन गत वर्षको सोही महिनाको तुलनामा ४२१ प्रतिशतले बढी हो । टाटा नेक्सन ईभीको मूल्य १४.२९ लाख देखि १६.९० लाख भारु छ । जबकि टाटा टिगोर ईभीको मूल्य ११.९९ लाख भारुबाट सुरु भएर १३.१४ लाख भारुसम्म छ ।
२.न्यू एमजी जेटएस ईभी
एमजी मोटर इन्डियाले हालै भारतीय बजारमा पूर्ण विद्युतीय २०२२ एमजी जेट एस इभी फेसलिफ्टको अपडेटेट एक्सटिरियर डिजाइन, राम्रो रेन्ज र फिचर्सका साथ लन्च गरेको छ । यो कार २०२२ का लागि पहिले नै बिक्री भइसकेको थियो । यसैले बेलायती अटो निर्माताले २०२२ एमजी जेटएस ईभीका लागि आफ्नो बुकिङ बन्द गरेको थियो । कम्पनीले यसै वर्षको अन्त्यमा विद्युतीय एसयूभीका लागि बुकिङ फेरि सुरु गर्न सक्छ ।
एमजी मोटरले यो कारको दुई भेरिएन्ट र एक्सक्लूसिभमा ल्याएको छ । जहाँ यसको एक्साइट भेरिएन्टको मूल्य २१.९९ लाख भारु छ । यसैगरी यसको एक्सक्लूसिभ भेरिएन्टको २५.८८ लाख भारु छ । यो विद्युतीय कारले केवल ८ सेकेन्डमा ० बाट १०० किमी प्रति घन्टाको गति लिन सक्छ ।
३. महिन्द्रा ई भेरिटो
महिन्द्रा विद्युतीय सेडान ई भेरिटोले फेब्रुअरी २०२२ मा गत वर्षको तुलनामा २० प्रतिशतको वृद्धि गरेको थियो । यसको मूल्य १२.६७ लाख भारु छ र यो दिल्लीको शोरुममा १३.०३ लाख भारुसम्म पर्न जान्छ ।
४.बीवाईडी ई–६
बीवाईडी ई–६ विद्युतीय एमपीभी चीनको बीवाईडीले बनाउँदै आएको छ । यो विशेष रुपमा बी–२–बी प्रस्तुुति हो । यस कारलाई भारतमा केवल फ्लीट अपरेटरबाट मात्रै किन्न सकिन्छ । कम्पनीले फेब्रुअरी महिनामा विद्युतीय एमपीभी बीवाईडी इ–६को १० थान मात्रै बिक्री गरेको थियो । यसको मूल्य २९.१५ लाख भारु छ ।
५.अडि ई ट्रान
लिडिङ विलासी कार म्यानुफ्याक्चरर मध्ये अडिले २०२१ को अन्त्यमा अडि इट्रान लन्च गरेको छ । कम्पनीले फेब्रुअरीमा लगभग ७ थान बिक्री गरेको छ, जुन यसको प्रतिस्पर्धी मर्सिडिज जगुवार र फोर्स भन्दा बढी हो । अडिले नयाँ ई–ट्रानको मूल्य १ करोड भारु राखेको छ र भारतमा यसको मूल्य १.१८ करोड भारुसम्म पुग्न जान्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण