शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल बैंकको निक्षेप संकलन तथा कर्जा विस्तारमा वृद्धि

शुक्रबार, ०४ चैत २०७८, १८ : ५८
शुक्रबार, ०४ चैत २०७८

नेपाल बैंकले निक्षेप संकलन तथा कर्जा विस्तार दुबैमा वृद्धि भएको जनाएको छ ।  फागुन महिनामा २७ वटा बाणिज्य बैंकहरुमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा रहेको हो । 
 गत फागुन महिनामा नेपाल बैंकको निक्षेप २०७८ असार मसान्तको तुलनामा २१.६७ प्रतिशतले बृद्धि भएको देखिएको छ भने कर्जा विस्तार ३०.३५ प्रतिशतले बृद्धि भएको छ । 

 २७ बाणिज्य बैंकहरुमध्ये १७ वटा बाणिज्य बैंकहरुको निक्षेप बृद्धि भएको छ भने १० वटा बाणिज्य बैंकहरुको निक्षेपमा गिरावट भएको बताइएको छ । 
 बाणिज्य बैंकहरुको औसत निक्षेप बृद्धिदर ५ प्रतिशत रहेको छ । त्यसैगरि २७ वटै बाणिज्य बैंकहरुको कर्जा विस्तारमा बृद्धि भएको छ । औषतमा बाणिज्य बैंकहरुको कर्जा विस्तारमा १६ प्रतिशतको बृद्धि भएको हो ।  अहिले बाणिज्य बैंकहरुसँग कुल निक्षेप ४३ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ भने कुल ऋण ४१ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको छ । 

फागुन महिनामा मात्रै बाणिज्य बैंकहरुको निक्षेप २२ अर्ब रुपैयाँले बढेको छ भने कर्जा प्रवाह १७  अर्ब रुपैयाँले विस्तार भएको छ । नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्याङ्क अनुशार यस अवधिमा १९ वटा बाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात (सिडि रेसियो) नेपाल राष्ट्र बैंकले तोकेको सिमा ९० प्रतिशत भन्दा बढि रहेको छ भने नेपाल बैंकको कर्जा निक्षेप अनुपात (सिडि रेसियो) भने ९०.०३ प्रतिशत रहेको छ । औसतमा बैंकहरुको कर्जा निक्षेप अनुपात ९०.९९ प्रतिशत रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप