देशलाई समृद्ध बनाउने पार्टी राप्रपा हो : अध्यक्ष लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाललाई समृद्ध देश बनाउन ठूला पार्टीहरूको विकल्प खोज्न आवश्यक रहेको बताएका छन् । नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी लगायतका पार्टीहरुले देशलाई दुर्गतीको बाटोमा लगि रहेकाले उनीहरुको विकल्प खोज्न आवश्यक रहको बताएका हुन् ।
उनले ठूला पार्टीको विकल्पको रुपमा राप्रपा रहेको बताए । नवलपरासी पश्चिममा राप्रपाद्वारा आयोजित आमसभालाई सम्बोधन गर्दै लिङ्देनले तीनवटै पार्टीहरुले गर्दा देश समृद्ध हुन नसकेको बताए । उनले देशलाई समृद्ध बनाउन आगामी स्थानिय तथा संघिय निर्वाचनमा राप्रपालाई विश्वास गर्न आग्रह गरे ।
सभालाई सम्बोधन गर्दै पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले देशमा बढ्दो भ्रष्टाचार, हिंसा, अनियमिततालाई रोक्न राप्रपा पार्टी नै एक उत्तम विकल्प रहेको बताए । उनले देशमा शिक्षा, स्वास्थ्य कृषि र रोजगारमा प्रभावकारी परिवर्तन गर्न आफूहरुसँग ठोस योजना रहेको बताए । सभामा पार्टीका वरिष्ठ उपाध्यक्ष ध्रुव बहादुर प्रधान, नेता दिपक बोहरा, लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप उदय, केन्द्री सदस्य ताहिर अलि लगायतले सम्बोधन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण