राउटेलाई सामाजिक सुरक्षा भत्ता
जाजरकोटको छेडागाड नगरपालिका–५ बाँका थलहमा बस्तै आएका राउटेलाई गुराँस गाउँपालिका–८ ले सामाजिक सुरक्षा भत्ता प्रदान गरेको छ । वडा कार्यालयले तीन महिनाको सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको नवनिर्वाचित वडाध्यक्ष दीपेन्द्र ओलीले जानकारी दिए । फिरन्ते जीवन बिताइरहेका राउटे समुदायलाई पाँच वर्ष अघि गुराँस गाउँपालिका–८ ले परिचयपत्र वितरण गरेको थियो । बसाइ सर्ने क्रममा राउटे परिवार जाजरकोटको छेडागाड नगरपालिका–५ बाँका थलह पुगेका हुन् ।
चालिस परिवारका एक सय ४४ जनालाई माघ, फागुन र चैतको प्रतिव्यक्ति रु चार हजारका दरले सुरक्षा भत्ता वितरण गरिएको वडाध्यक्ष ओलीले बताए । कर्णाली प्रदेशको दैलेख, सुर्खेत, सल्यान र जाजरकोट आसपासका क्षेत्रमा राउटे समुदायको बसोबास रहेको छ । अधिकांश दैलेखमा बस्दै आएका छन् । उनीहरूलाई सङ्घीय सरकारले २०७४ असारदेखि गुराँस गाउँपालिका ८ वडा कार्यालयमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन गोलको बराबरी खेल्दै एस्टन भिल्ला र लिभरपुलले अङ्क बाँडे
-
कोलकातासँगको खेल वर्षाले प्रभावित भएपछि गुजरातको प्लेअफ सम्भावना सकियो
-
कांग्रेस नेता र प्रधानमन्त्रीबिच बालुवाटारमा छलफल
-
पोखरामा ‘वडा नागरिक आरोग्य कार्यक्रम’
-
पश्चिम नवलपरासीमा प्रदेश सरकारका दुई कार्यालय थपिँदै
-
चुनौतीका चाङमाथि यामलाल कँडेलको सत्ता यात्रा