पोखरामा चैते धानको सफल परीक्षण
पोखरामा चैते–५ जातको धानको परीक्षण सफल भएको छ । परीक्षणका लागि पोखरा महानगरपालिकाले किसानलाई बीउ दिएर लगाइएको खेतीमा राम्रो उत्पादन भएको बताइएको छ ।
चैते(५ लगाएका किसानहरू सन्तुष्ट बनेका कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताए । पोखरा १३ को आर्वा फाँटमा यसको परीक्षण गरिएको थियो ।
धानमा बाला राम्रो लागेकोले यो जातको धान लगाउने किसानहरू खुशी देखिएका आर्वाघारी कुलो उपभोक्ता समितिका अध्यक्ष देवराज पौडेलले बताए । ‘अरु जातभन्दा यसको उत्पादन राम्रो छ । बाला राम्रो लागेको छ,’ उनले भने, ‘चामलको स्वाद मिठो छ । त्यसैले यो धान किसानले प्रयोग गर्दा फाइदा बढी छ ।’
चैते धानको प्रवद्र्धन गर्न महानगरका ४ वटा क्लस्टरमा खेती गरिएको कडरियाले बताए । महानगरले किसानलाई अनुदान दिएको छ । हाते ट्याक्टर र त्रिपाल लगायतका सामग्री समेत सहयोग गरिएको उनले जानकारी दिए ।
‘यो धान अरुभन्दा दोब्बर फल्छ । धान मसिनो र खान पनि मिठो छ,’ उनले भने, ‘यसको प्रवर्द्धन गर्न सके पोखरामा आयात घट्दै जान्छ ।’ चैते ५ जातको धान १२० दिनमा पाक्ने विज्ञहरुले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण