न्यायपालिकाको छानविन गर्न उच्चस्तरीय समिति गठन गर्न माग
बुधबार, ०४ साउन २०७९, ११ : ००
नेपाली काँग्रेसका सांसद प्रकाश रसाइली न्यायपालिकामा विकृति बढेको भन्दै त्यसको छानविन गर्न माग गरेका छन् ।
प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद रसाईलीले उच्च स्तरीय छानविन आयोग गठन गरेर न्यायपालिकाको विकृति नियन्त्रण गर्न माग गरेका हुन् ।
‘देवयानी फौजदारी मुद्धामा न्याय पाउन सर्वसाधारणले ३० बर्षसम्म धाउनु पर्छ, न्यायमुर्तीहरुले समयमा न्याय दिन सकिरहेका छैनन,’ रसाईलीले संसदमा भने, ‘करिव २ सय न्यायाधीशलाई न्यायपरिषदले छानविनको दायरमा ल्याएको छ, त्यसैले न्यायपालिका भित्रको विकृति अन्त्य गर्न उच्चस्तरीय छानविन आयोग गठन गरेर अघि बढनु पर्छ ।’ सरकारले छानविन आयोग गठन गरेर जनतालाई बेलैमा न्याय दिन ढिलाई गर्न नहुने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण