सांसद खरेल : सरकारी अस्पतालमा भनसुन नगरी उपचार नपाउने अवस्था आयो
एमाले सांसद पवित्रा निरौला खरेलले अस्पतालका भेन्टिलेटर र आइसीयु मेसिनमा माकुराले जालो लगाएको तर बिरामीले उपचार नपाएको बताइन् । बुधबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद निरौलाले सरकारले कोरोना संक्रमण बढेका बेला धेरै अस्पतालमा आइसीयू र भेन्टिलेटरको स्थापना गरेपनि दक्ष प्राविधिकको अभावमा अहिले ति उपकरणमा माकुराले जालो लगाएको बताइन ।
उनले भनिन्–‘जिल्ला–जिल्लाबाट भाडा तिरेर उपचार गर्न मानिसहरु काठमाडौं आउँछन् । पाटन अस्पताल, सिभिल अस्पताल, वीर अस्पताल र शिक्षण अस्पताल महाराजगञ्जमा आउनु परेको छ । पहुँच नभएका, भनसुन गर्न नसक्ने बिरामीले उपचार पाइरहेका छैनन् । बाध्य भएर ति बिरामीहरु महँगा अस्पतालहरुमा उपचार गर्न जान बाध्य हुनुपरेको छ । उपचारका लागि समय कुर्दा कुर्दै बिरामी मर्नुपर्ने बाध्यात्मक अवस्था समेत रहेको छ ।’
उनले दूरदराजमा रहेका बिरामीको उपचारका लागि सोही ठाउँमै आइसियू र भेन्टिलेटर स्थापनाका लागि सरकारको ध्यानाकर्षण गराइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण