कालिकोटमा बम विष्फोट : एक जनाको मृत्यु, चार जना घाइते
कालिकोटको तिलागुफा नगरपालिका–१० रानाबाडाँमा बम विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । बम विस्फोटबाट स्थानीय ४ वर्षीय झरना थापाको मृत्यु भएको कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए। उनका अनुसार‌ शनिबार बिहान करिब ८ बजेको समयमा बम विस्फोट भएको हो।
यस्तै बम विष्फोटमा परी‌ साेही ठाउँका ७ वर्षीय कमल थापा, ५ वर्षीय मुश्कान थापा, ४ वर्षीय सरस्वती थापा र ३ वर्षीय पखना थापा घाइते भएकाे उनले बताए । 'घाइतेहरूलाई गृह मन्त्रालयको पहलमा नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर प्रदेश अस्पताल सुर्खेतमा लगिएको छ,' उनले भने,' घाइते बालबालिकाको अवस्था गम्भीर नै छ। कस्तो खालको बम हो, कसले र किन राखेको हो भन्ने बारे अहिलेसम्म कुनै जानकारी समेत भएको छैन ।' उनका अनुसार‌ प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण