क्रुसले पहिलो रातो कार्ड पाउँदा रोकियो रियल
सोमबार, १४ कात्तिक २०७९, ०७ : २०
टोनी क्रुस करियरमा पहिलोपटक रातो कार्ड खाँदै मैदान छाड्न बाध्य हुँदा रियल मड्रिड जिरोनासँग बराबरी खेल्न बाध्य बनेको छ । आइतबार राति भएको खेलमा रियल १–१ गोलको बराबरीमा रोकिएको हो । बराबरीका बाबजुद रियल स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।
खेलको ७० औँ मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । तर भेटरान क्रिस्टियन स्टुआनीले पेनाल्टीबाट गोल गर्दै खेल बराबरी गरे । खेलको अन्त्यतिर रोड्रिगोको गोललाई रद्द गरिएको थियो भने क्रुसले इन्जुरी समयमा दोस्रो पहेँलो कार्ड पाएका थिए । बराबरीपछि १२ खेलबाट रियलको ३२ अङ्क रहेको छ । जिरोनामा रेलिगेसन जोनमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण