इन्डोनेसियामा अब 'विवाह अघिको सेक्स र विवाहइतर सम्बन्ध' अपराधको श्रेणीमा

विवादबीच इन्डोनेसियाको संसद्ले विवादभन्दा अघिको यौनसम्बन्ध र विवाहइतर सम्बन्धलाई अपराधको श्रेणीमा समावेश गर्ने कानुन पास गरेको छ । अब यसमा दोषी पाइए जेल सजायसम्म हुनेछ ।
यद्यपि, इन्डोनेसियाका कानुनमन्त्रीले यो नयाँ नियम तीन वर्षपछि मात्र लागु हुने स्पष्ट पारे । नयाँ कानुनमा अधिकांश सांसदले समर्थन जनाएका थिए । समाचार एजेन्सी एएफपीले इन्डोनेसियाका सामाजिक अभियनताहरुले नयाँ कानुनको विरोध गरिरहेका छन् । मुस्मिल बहुल देशमा नागरिकको स्वतन्त्रा खोसिने उनीहरुले बताइरहेका छन् ।
इन्डोनेसियाको नयाँ दण्ड संहिताको सबैभन्दा विवादास्पद बुँदाहरू मध्ये एकले विवाहपूर्व यौनसम्बन्ध र विवाहइतर हुने सम्बन्धलाई अपराधीकरण गरेको छ। नयाँ आपराधिक कानुनका आलोचकहरूको डर छ कि यी नियमहरूले इन्डोनेसियामा बस्ने एलजीबीटीक्यू समुदायमा ठूलो प्रभाव पार्नेछ, जहाँ समलिङ्गी विवाह अझै कानुनी छैन।
कानुन मन्त्रालयका प्रवक्ता अल्बर्ट एरिसले भने यसले विवाह जस्तो पवित्र संस्थाहरूलाई जोगाउने बताए। उनले विवाहपूर्व र विवाहइतर यौनसम्पर्कमा पति वा पत्नी, आमाबुवा वा छोराछोरीले उजुरी गर्न सक्ने बताए ।
बीबीसी हिन्दी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साहसिक यात्राका लागि कञ्चनजङ्गा हिमाल पर्यटकको रोजाइमा
-
सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालद्वारा सगरमाथाको सफल आरोहण
-
कोशी प्रदेश सभाको अधिवेशन आजदेखि सुरु हुँदै
-
कोशी प्रदेश सरकारले सोमबार नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गर्ने
-
सुदूरपश्चिमका स्थानीय तह कर्मचारीको आन्दोलन स्थगित, पाँच बुँदे सहमति
-
कम्युनिस्ट पार्टीमा सामूहिक र संस्थागत आर्थिक प्रणाली आवश्यक