बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इमरानका डुप्लिकेट, छुट्याउनै मुस्किल

शुक्रबार, १२ माघ २०७४, १४ : ५७
शुक्रबार, १२ माघ २०७४

मुम्बई । बलिउडका सिरियल किसर भनेर चिनिने इमरान हाशमी पछिल्लो दिन आफ्नो डुप्लिकेटका कारण चर्चामा छन् ।

सामाजिक सञ्जालमा उनी जस्तै देखिने एक व्यक्ति मजदाक जानको तस्विर भाइरल भइरहेको छ । उनी ठ्याक्कै इमरान जस्तै देखिन्छन् ।

इमरान हाशमी जस्तै देखिने मजदाक पाकिस्तानका हुन् ।

सामाजिक सञ्जालमा सक्रिय रहेका मजदाकलाई इमरान हाशमीको हमशक्ल बताउँछन् ।

इमरानसँग अनुहार मिलेपछि उनी रातारात चर्चित बनेका छन् ।

मानिसहरु उनलाई इमरान सम्झेर सेल्फी खिच्न झुम्मिने गरेका छन् ।

उनले एक अन्तर्वार्तामा पछिल्लो समय आफूले पाएको मायाबाट खुसी रहेको बताएका छन् ।

मजदाकले अब मोडलिङको साथै अभिनयमा पनि हात हाल्ने विचार गरिरहेको बताएका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप