बलिउडका यी ५ चलचित्र, जसमा भिलेनले पाए हिरोलेभन्दा धेरै चर्चा
मुम्बई– बलिउडमा जति पनि चलचित्र आउने गरेका छन् । ती चलचित्रले अत्यमा केहीकेही सन्देश दिएकै हुन्छ । अधिकांश चलचित्रमा असत्यलाई सत्यले जितेको देखाइन्छ ।
झुट जति नै ठूलो भए पनि अत्यमा सत्यको अगाडि झुकेकै हुन्छ । चलचित्रमा नकारात्मक भूमिका पनि सकारात्मक भूमिका जस्तै प्रभावशाली बनाइएको हुन्छ । त्यसले दर्शकलाई चलचित्रको अत्यसम्म बाँधेर राख्नसमेत मद्दत गर्छ । आज केही त्यस्तो चलचित्रको चर्चा गर्न खोजिएको छ, जुन चलचित्रको नकारात्मक भूमिका निक्कै नै प्रभावशाली बनाइएको छ ।
चलचित्रको अत्यमा जित त हिरोकै हुन्छ । तर दर्शकको मनमा भने नकारात्मक भूमिका निर्वाह गर्ने कलाकार राज गर्न सफल हुन्छन् । बलिउडका ती ५ चलचित्र जसमा हिरोभन्दा भिलेन हाबी छन् ।
करण अर्जुन
१९९५ मा रिलिज भएको यो चलचित्र राकेश रोशनले निर्देशन गरेका हुन् । पुनर्जन्ममा आधारित यो चलचित्रमा अमरिस पुरी भिलेनको भूमिकामा थिए । करण अर्जुनको भूमिकामा भने सलमान र शाहरुख खान रहेका थिए । चलचित्रमा परीले एक पटक करण अर्जन दुवैलाई बेरेको समेत देखाइएको छ । अत्यमा दुवै हिरोको जित हुने यो चलचित्रमा अमरिसले निर्वाह गरेको भूमिका दर्शकको रोजाइमा परेको थियो ।
डर
१९९३ मा यो चलचित्र आएको थियो । यस चोपडा निर्देशित यो चलचित्रमा एक साइको आशिकको प्रेम कथा देखाइएको थियो । जसमा अभिनेत्रीको विवाह अर्काे व्यक्तिसँग भए पनि ऊ भिलेनका रूपमा सबै फलो गथ्र्यो । यस चलचित्रमा भिलेन शाहरुख थिए भने हिरोको भूमिकामा सन्नी देवल देखिएका थिए ।
सङ्घर्ष
१९९९ मा आएको निर्देशक तनुजा चन्द्राको चलचित्र ‘सङ्घर्ष’मा आसुतोष राणा नेगेटिभ भूमिकामा देखिएका थिए । चलचित्रका उनको डरलाग्दो भूमिका थियो । जुन भूमिकामा दर्शकसमेत डराउँथे । चलचित्रको प्रदर्शनदेखि अहिलेसम्म पनि उक्त भूमिकाको चर्चा हुने गरेको छ ।
अग्निपथ
कराण मल्होत्राको यो चलचित्र २०१२ मा रिलिज भएको थियो । यसमा अभिनेता सञ्जय दत्तले भिलेनको भूमिका थिए । चलचित्रमा हिरो ऋतिक रोशन थिए । चलचित्रको अत्यमा हिरोको मृत्यु हुन्छ । यो चलचित्रमा भिलेनको भूमिका निकै प्रभावशाली थियो ।
पद्मावत
गत २५ जनवरीबाट सार्वजनिक प्रदर्शनमा आएको यो चलचित्रमा साहिद कपुरले रतन सिंह रावलको भूमिका निर्वाह गरेका छन् । उनी चलचित्रमा राम्रो राजपुत र जनताको भलो गर्ने राजा बनेका छन् । यसमा अभिनेता रणवीर सिंहले भिलेन अलाउद्दिन खिलजीको भूमिका निर्वाह गरेका छन् । चलचित्रमा रणवीरलाई किनै क्रूर र अत्याचारिको भूमिकामा देखाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण