ग्रामीमा ब्रुनो मार्सको वर्चश्व (तस्विरहरुसहित)
न्युयोर्क । ब्रुनो मार्सले ६ वटा उपाधि हात पार्दै सन् २०१८ को ग्रामी अवार्डमा वर्चश्व जमाएका छन् ।
धेरैको अनुमानविपरित मार्सले केन्ड्रिक लमारलाई पछि पार्दै वर्षको उत्कृष्ट एल्मबको उपाधि हात पारेका हुन् ।
मार्सको २४ के म्याजिकले लमारको र्याप टुर डे फोर्स ड्यामलाई पछि पार्दै वर्षको उत्कृष्ट एल्मबको उपाधि जितेको हो ।
लमारले र्याप विधामा वर्चश्व जमाउँदा चर्चित विधामा मार्सले अधिपत्य जमाए ।
अलेसिया काराले उत्कृष्ट नयाँ कलाकारको उपाधि जितिन् । मुख्य विधामा उपाधि हात पार्ने उनी एक मात्र महिला रहिन् ।
समारोहमा विभिन्न विधामा बाँडिएका ८६ अवार्ड मध्ये मात्र १७ वटा महिला कलाकारहरुको पोल्टामा पुग्यो ।
यस्ता रहे मुख्य विधाका विजेताहरुः
वर्षको उत्कृष्ट एल्बम – ब्रुनो मार्स – २४ के म्याजिक
वर्षको उत्कृष्ट रेकर्ड – ब्रुनो मार्स – २४ के म्याजिक
वर्षको उत्कृष्ट गीत – ब्रुनो मार्स – द्याटस वाट आइ लाइक
उत्कृष्ट नयाँ कलाकार – अलेसिया कारा

उत्कृष्ट पप एल्बम – एड सिरान – डिभाइड
उत्कृष्ट रक एल्बम – द वार अन ड्रग्स – अ डिपर अन्डरस्टान्डिङ
उत्कृष्ट आर एण्ड बी एल्बम – ब्रुनो मार्स – २४ के म्याजिक
उत्कृष्ट र्याप एल्बम – केन्ड्रिक लमार – ड्याम















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण