बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एक चलचित्रका लागि राखीले दिइन् ५५ किस, टेक ओके गर्न लिइन् मदिराको सहारा

शुक्रबार, १९ माघ २०७४, १८ : ०२
शुक्रबार, १९ माघ २०७४

मुम्बई –बलिउडकी ड्रामा क्वीन राखी सावन्त हमेश चर्चामा समेत रहने गरेकी छन् । उनी अहिले पनि चर्चा छिन् । यसपटक उनको चर्चाको कारण भर्खर अभिनय सकाएको एक चलचित्र बनेको छ ।

चलचित्रमा राखीले एक किस सिन दिएकी छन् । उक्त किस सिन उनले ५५ टेकमा ओके गरेकी हुन् । उक्त सिन ओके गर्न उनले आधा बोतल मदिराको समेत सहारा लिनु परेको थियो ।

एक किस सिनका लागि आफुले ५५ टेक खाएको उनले हालै चलचित्र सुटिङ एक्सपिरेन्स शेयर गर्दै बताएकी हुन् । उक्त सिनको हरेक टेकमा आफुलाई मिक्का सिंह याद आएकोले धेरै टेक दिनु परेको उनले बताएकी छन् । 

‘जब म किस सिन दिन तयार हुन्थे म । मेरो  अगाडि मिक्का सिंह देखिन्थे’ उनले भनिन् ‘उनले उनलाई भुल्न मैले आधा बोतल मदिरा समेत सेवन गर्नु पर्यो ।’ 

राखीले यो चलचित्रमा ड्रग्स एडिगको भुमिका निर्बाह गरेकी छन् । एग्रिमेन्टको समय चलचित्रमा किस सिन भएको आफुलाई थाहा नभएको बताएकी राखिले उक्त सिन चरित्रको डिमान्ट समेत रहेको खुलाएकी छन् ।

किस सिनमा अभिनयमा उनलाई मिक्का त्यसै याद आएका होइनन् । मिक्काले २००७ को जन्म दिनमा पार्टीमा उनलाई जर्वजस्ती किस गरेका थिए । उक्त घटना पुलिसमा समेत पुगेको थियो ।  उक्त घटना  आफुले अहिलेसम्म भुल्न नसकेको राखिले बताएकी छन् । 
  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप