कम्ब्याक गर्दै कपिल
काठमाडौँ । आगामी मार्च महिनामा सानो पर्दा चर्चित भारतीय कमेडियन कपिल शर्माले कम्ब्याक गर्ने भएका छन् ।
कमेडी नाइट विथ कपिल र द कपिल शर्मा शोबाट चर्चामा आएका कपिलले यही फेब्रुअरी ५ मा उनले नयाँ शोका लागि सुट गरेका छन् ।
सार्वजनिक भएका केही तस्विरमा कपिल आटोदेखि बस चढेको देख्न सकिन्छ ।
टाइम्स अफ इन्डियाका अनुसार कपिल पूरानै च्यानलमा आफ्नो शो लिएर फर्कने छन् । नयाँ कार्यक्रमको फम्र्याट र टाइटल भने अझै फाइनल भइनसकेको बताइएको छ ।
यद्यपि, सुनिल ग्रोभर भने तत्काल कपिलको शोमा फर्कने सम्भावना नरहेको पनि समाचारमा उल्लेख छ । दुईबीच झगडा भएपछि सुनिलले शो छाडेका थिए ।
सुनिल छाडेपछि शोका अन्य कलाकारहरुले पनि शो छाडेका थिए जसले कपिलको कार्यक्रमको टिआरपी घट्नुका साथै उनको स्वास्थ्यमा पनि असर पुगेको थियो ।
त्यसपछि च्यानल र कपिलले आपसी समझदारीमा छोटो ब्रेक लिने निधो गरेका थिए ।
आशा गरौँ, उनको नयाँ शो पनि पहिलेको जस्तै सफल हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण