बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

डिभोर्सपछि पनि मिल्ने साथी बनेका छन् यी ७ कलाकार

बिहीबार, २५ माघ २०७४, १३ : ५५
बिहीबार, २५ माघ २०७४

मुम्बई –डिभोर्सले सम्बन्ध सकिने धेरैको भनाई छ । तर बलिउिडमा त्यस्ता केही कलाकार छन् । जसको डिभोर्स भएपछि सम्बन्ध अझै साथीका रुपमा मजबुत रहेको छ । बलिउडका ती कलाकार जो डिभोर्स पछि पनि एक अर्काको राम्रो साथी रहेका छन् ।
 
ऋतिक रोशन र सुजैन खान 
ऋतिक र सुजैन बिच डिभोर्सभैसकेको छ । १४ बर्ष एकसाथ रहेर उनीहरुले डिभोर्सगरेका हुन् । डिभोर्सपछि पनि यी दुबै साथीको रुपमा एक अर्काेको नजिक छन् । दुबैले २००० मा बिबाह गरेका थिए । केही समय पहिले ऋतिक र कंगनाको एक कन्ट्रोवर्सी समाचार बाहिर आएको थियो । सो समय सुजैले ऋतिकको पुरै सपोट गरेका थिए । 

मलाइका अरोडा र अरबाव खान 
अरबाज खान र मलाइका अरोडा बीच २०१७ मा डिभोर्स भएको थियो । डिभोर्सपछि पनि यी दुबै कयौ पटक एकसाथ लन्च र डिनरमा देखिएका छन् । पती पत्नीको सम्बन्ध सकिएपनि दुबैका बीच साथीको सम्बन्ध अझै कायम रहेको छ । यी दुबैको अरहन नामको एक छोरा पनि छ । १८ बर्षको साथ यी दुबैले तोडेका हुन् । सन् १९९८मा यी दुबै बिबाह बन्धनमा बाँधिएका थिए ।
 
रीना दत्त र आमिर खान 
आमिर र रीनाले १९८६ मा भागेर बिबाह गरेका थिए । १६ बर्षसँगै रहेपछि दुबै छुट्टिएका हुन् । डिभोर्सपछि पनि यी दुबैले बच्चाको ध्यान राख्ने गरेका छन् । रीना धेरै समय आमीरका साथ पार्टी तथा फ्यामिली फङ्शनमा पनि देखिने गरेकी छन् । यी दुबै आज पनि राम्रो साथी रहेका छन् । आमिरको ५० औ जन्मदिनमा रीना सहित पुरै फ्यामिली समेत सरिक भएका थिए । आमिरको दोस्रो पत्नी किरण रावका साथ रीनाको पनि राम्रो सम्बन्ध रहेको छ । 

मनीष मखीजा र पुजा भट्ट  
मनीष र पुजा केही पहिले छुट्टीएका हुन् । ११ बर्षको सम्बन्ध यी दुबैले डिभोर्समार्फत सिध्याएका हुन् । तर पनि अहिले मनीष पुजाको साथ दिन हमेसा तयार रहने गरेका छन् । यी दुबै २००३ मा एक भएका थिए ।

रणवीर शौरी र कोंकणा सेन 
यी दुबैले पाँच बर्षको सम्बन्ध तोडेका हुन् । तर साथीका रुपमा यी दुबै एकसाथ देखिने गरेका छन् । २०१६ मा कोकणाले चलचित्र ‘ए डेथ इन द गुंज’ निर्देशन गरेकी थिइन् । चलचित्रमा रणवीरले अभिनय गरेका थिए । यी दुबैले २०१०मा बिबाह गरेका थिए ।
 
सुगंधा र रघु राम 
रोडिज फेम रुघुराम र सुगंन्धा बिच भर्खर मात्र डिभोर्सभएको हो । लामो समय देखि एक अर्काेसँग छुट्टीएर रहँदै आएका यी दुबै साथकिा रुपमा सधै एकसाथ देखिने गरेका छन् । २००६ दुबैले बिबाह गरेका थिए ।

कल्की चोचलिन र अनुराग कश्यप 
निर्देशक अनुराग कश्यप र कल्की कोचलिन बीच पनि दुई बर्ष अगाडि डिभोर्स भएको हो । पाँच बर्ष सँगै बिताएका दुबै अहिले पनि एक अर्काेको खुलेर सपोट गर्ने गर्दछन् । २०११मा यी दुबैले बिबाह गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप