विश्वकै सबैभन्दा महँगो चलचित्रको छायाँकन सुरु, यसको बजेटले निर्माण हुन्छसक्छ १० वटा बाहुबली !
काठमाडौँ । सन् २००९ मा सार्वजनिक हलिउड चलचित्र ‘अवतार’ अहिलेसम्मको विश्वकै सबैभन्दा बढी कमाई गर्ने चलचित्र हो । यो चलचित्रले संसारभर हंगामा मच्चाउँदै २.८ अर्ब डलरको कमाइ गर्न सफल भएको थियो ।
चलचित्रका निर्देशक जेम्स क्यामरुनले एक काल्पनिक कथामा चलचित्र निर्माण गरेका थिए । चलचित्रमा पृथ्बी र अर्काे ग्रहको कथा बुनिएको छ । दर्शकले चलचित्रलाई रुचाए । विश्वरभरबाट चलचित्रले तारिफ समेत बटुल्न सफल रह्यो ।
सफलतासँगै चलचित्रको सिक्वेल बन्ने चर्चा चलेको थियो । चलचित्रका निर्देशक जेम्स पनि अवतारको भन्दा राम्रो कथाको खोजी गरिरहेका थिए । निर्देशक जेम्सले चलचित्रको सिक्वेल अहिले सुरु गरेको समाचार बाहिर आएको छ । चलचित्र थ्रिडीको रुपमा निर्माण हुने र विश्वकै सबैभन्दा महँगो चलचित्र बन्ने दाबी गरिएको छ ।
चलचित्रको निर्माण लागत एक अर्ब डलरभन्दा बढी लाग्ने अनुमान गरिएको छ । चलचित्रका निर्माता निर्देशक चलचित्रले लगानी भन्दा धेरै बढी कमाउने अनुमान गरेका छन् ।
चलचित्र निर्माणमा चार पार्ट रहेका छन् । चारै पार्ट एकसाथ सुटिङ गरिँदैछ । भव्य चलचित्र बनाउने मामिलामा अभिनेता जेम्स परिचित छन् । उनले यस अगाडि टर्मिनेटर २ र टाइटानिक जस्ता सफल चलचित्र बनाएका छन् ।
अवतारका दोस्रो संस्करण १८ डिसेम्बर २०२० मा रिलिज हुनेछ । अर्काे संस्करण यसको एकर्ष पछि आउनेछ । बाँकी दुई भाग २०२४ र २०२५ मा आउने बताइएको छ । चलचित्र रिलिजको आधिकारीक मिति भने आउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण