फिलिपिन्स: पत्रकार तथा नोबेल पुरस्कार विजेता मारिया रेसाले पाइन् कर छलीको आरोपबाट सफाइ
पत्रकार तथा नोबेल पुरस्कार विजेता मारिया रेसा र मिडिया सङ्गठन र्यापलरलाई फिलिपिन्सको एक अदालतले कर छलीको आरोपमा सफाइ दिएको छ । अदालतको यो निर्णयलाई देशमा प्रेस स्वतन्त्रताको जितको रूपमा हेरिएको छ ।
यो निर्णयपछि रेसाले भनिन्, ‘आज तथ्यको जित भयो, सत्यको जित भयो, न्यायको जित भयो ।’
यदि यस मुद्दामा रेसा दोषी ठहरिएमा उनलाई ३४ वर्षको जेल सजाय हुने थियो । रेसामाथिको यो मुद्दा सन् २०१८ देखि चलिरहेको थियो ।
पूर्व राष्ट्रपति रोड्रिगो डुटेर्टेको सरकारले मारिया रेसा र समाचार एजेन्सी र्यापलरलाई विदेशी लगानीकर्ताहरूबाट उठाइएको पैसामा कर छली गरेको आरोप लगाएको थियो ।
फिलिपिन्सको न्याय विभागले विदेशी लगानीकर्ता ओमिड्यार नेटवर्क र नर्थ बेस मिडियाले सन् २०१५ मा र्यापलरलाई वित्त पोषित गरेको र र्यापलरले घोषणा नगरेको डिपोजिटरी रसिदहरूको रूपमा करयोग्य आम्दानीमा ४.५ मिलियन डलर उठाएको थियो भन्ने आरोप लगाइएको थियो ।
रेसा र मिडिया सङ्गठन र्यापलरले यो आरोप अस्वीकार गर्दै आएका छन् ।
फैसला सुनाउँदै अदालतले रेसा र मिडिया संस्थाविरुद्ध आशङ्का उठाउनुका साथै सरकारी पक्षका वकिलले ठोस प्रमाण पेस गर्न नसकेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण