क्रिस हिपकिन्स बने न्यूजिल्याण्डका नयाँ प्रधानमन्त्री
क्रिस हिपकिन्स न्यूजिल्याण्डको नयाँ प्रधानमन्त्री बनेका छन् । राजधानी वेलिङ्टनमा बुधबार बिहान आयोजित एक औपचारिक समारोहमा गभर्नर जनरल सिन्डी किरोले उनलाई सपथ गराएका हुन् । क्रिसलाई लेबर ककसले औपचारिक रूपमा समर्थन गरेको थियो । त्यसपछि प्रधानमन्त्री भएसँगै उनी लेबर पार्टीको नेता पनि बनेका छन् । नयाँ प्रधानमन्त्रीको दौडमा उनी मात्रै उम्मेदवार थिए, त्यसपछि यो निर्णय भएको हो ।
यस क्रममा क्रिसले भने, ‘यो मेरो लागि निकै ठूलो जिम्मेवारी हो । म आफ्नो अगाडि भएका चुनौती र जिम्मेवारी लिन तयार छु ।’ न्यूजील्याण्डमा, लेबर पार्टी सन् २०१७ देखि सत्तामा छ, त्यसैले सत्ता विरोधी धेरै छ । बीबीसीका अनुसार न्यूजिल्याण्ड अहिले मुद्रास्फीति र सामाजिक समानतासँग संघर्ष गरिरहेको छ । जसका कारण लेबर पार्टीको लोकप्रियतामा उल्लेख्य कमी आएको छ । यो सबै क्रिससामु ठूलो चुनौती हुनेछ ।
कोरोनामा राम्रो काम गरेर पहिचान बनाए
४४ वर्षीय क्रिस हिपकिन्स सन् २००८ मा पहिलो पटक सांसद निर्वाचित भएका थिए । प्रधानमन्त्री हुनुअघि उनी प्रहरी, शिक्षा र लोकसेवा मन्त्री थिए । जसिन्डा आर्डर्नको राजीनामापछि क्रिस प्रधानमन्त्री बनेका छन् । यद्यपी उनी यो पदमा कति दिन बस्नेछन् भन्ने टुंगो छैन । यो यसकारण किनभने अक्टोबर २०२३ मा न्यूजील्याण्डमा आम चुनाव हुनेछ ।
क्रिस हिपकिन्सलाई सन् २०२० मा महामारीसँग लड्न कोभिड मन्त्री बनाइएको थियो । त्यो समयमा क्रिसको कामको विश्वभर प्रशंसा भएको थियो । न्यूजिल्याण्डमा कोरोना महामारीको तीन वर्षमा २ हजार ४३७ जनाको मृत्यु भएको छ ।
प्रधानमन्त्रीको रुपमा जसिन्डाको अन्तिम दिन
आज जसिन्डा आर्डर्नको प्रधानमन्त्रीको अन्तिम दिन थियो । यतिबेला उनी निकै भावुक देखिएकी थिइन् । उनलाई संसद भवनमा सबै सांसदले अंगालो हाले । यसपछि उनी गभर्नमेन्ट हाउस पुगिन्, जहाँ उनले राजा चार्ल्ससमक्ष औपचारिक रूपमा राजीनामा बुझाइन् । जनवरी १९ मा राजीनामाको घोषणा गर्दै जसिन्डाले भनेकी थिइन्, ‘अब समय आएको छ । मसँग अर्को ४ वर्ष नेतृत्व गर्ने हिम्मत छैन ।’
राजा चार्ल्सको नाममा राजीनामा किन ?
राजा चार्ल्स १४ राष्ट्रमण्डलका राजा हुन् । यी मध्ये एक देश न्यूजिल्याण्ड पनि हो । यी देशहरूमा राजाको शक्तिहरू धेरै हदसम्म प्रतीकात्मक हुन्छन् । अधिकांश देशहरूमा, राजनीतिक निर्णयहरू निर्वाचित संसदद्वारा लिइन्छ र प्रधानमन्त्रीद्वारा लागू गरिन्छ । अर्थात्, राजा देशको प्रमुख हो, तर सरकारको प्रमुख होइनन् ।
ब्रिटेनबाहेक यी देशका राजा हुन् चार्ल्स
– एन्टिगुआ र बरबुडा
– सेन्ट किट्स
– क्यानडा
– पपुआ न्यू गिनी
– बेलिज
– सेन्ट लुसिया
– बहामास
– सेन्ट पिन्सेन्ट एन्ड ग्रेनाडाइन्स
– ग्रेनेडा
– तुवालू
– जमैका
– सोलोमन द्वीप समूह
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण