रिद्धि सिद्धि सिमेन्टद्वारा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
आइतबार, १५ माघ २०७९, १५ : १८

मकवानपुर । नेपालमै पहिलो पटक अत्याधुनिक रोवोटिक प्रणाली प्रयोग गर्ने सिमेन्ट उत्पादक कम्पनी, रिद्धि सिद्धि सिमेन्टले बिहीबार मकवानपुरको भीमफेदी गाउँपालिका वडा न.३, झलकनेमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। शिविरमा स्थानीयले विभिन्न स्वास्थ्य सेवा लिएका छन्।
भीमफेदी गाउँपालिकाको समन्वयमा आयोजित सो कार्यक्रममा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले प्रमुख आतिथ्यता गरेका थिए। सोही गाउँपालिकाका वडा नं. ३ का वडाअध्यक्ष प्रीतिलाल लामा विशिष्ट अतिथिका रुपमा उपस्थित थिए ।
प्रशासन् प्रमुख अच्युत पराजुलीको सभापतित्वमा भएको उक्त कार्यक्रममा भीमफेदी गाउँपालिका वडा नं ३ का वडासदस्य बुद्दीमान बज्यू, नेकपा समाजवादी भीमफेदी गाउँपालिकाका संयोजक समीर श्रेष्ठ र खानी प्रमुख गणेश कुमार सिंहको पनि उपस्थिति थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोशनी शाही मृत्यु प्रकरणमा प्रहरीले थाल्यो अनुसन्धान
-
रास्वपा केन्द्रीय समिति बैठक : सुमना श्रेष्ठ र अनिलकेशरी शाहको राजीनामा स्वीकृत
-
नेसपा संयोजकमा गंगानारायण श्रेष्ठ चुनिए, साेमबार माओवादी केन्द्रसँग एकता हुँदै
-
युवा संघ महाधिवेशन : थेवे र पुरीको उम्मेदवारी, द्विपक्षीय भिडन्त पक्का
-
‘परिवर्तन’ निर्माण घोषणा, मुख्य भूमिकामा र सुशीलसँगै अञ्जना
-
अर्जुन र विन्दुको स्वरमा पुर्वेली गीत ‘गैदिउँ भागेर’ सार्वजनिक