न्यूजिल्याण्डमा ग्याब्रियल आँधी, हजारौँ मानिस प्रभावित

चक्रवात गेब्रियलको प्रभाव न्यूजिल्याण्डका धेरै क्षेत्रमा देखिन थालेको छ । प्राप्त जानकारी अनुसार हालसम्म यो आँधीका कारण ५८ हजारभन्दा बढी घरमा बिजुली अवरुद्ध भएको छ ।
अधिकारीहरूले तीव्र हावा र वर्षाको चेतावनी दिएका छन् । यस आँधीलाई ध्यानमा राख्दै सयौँ उडानहरू पनि रद्द गरिएका छन् । कतिपय क्षेत्रमा आपत्काल घोषणा गरिएको छ ।
आँधी न्यूजिल्याण्डको नर्थ आइल्याण्ड नजिक पुगेको छ । यो आँधी यस्तो बेला आएको हो, जब केही दिनअघि अकल्यान्ड र आसपासका क्षेत्रमा भीषण वर्षा र बाढीका कारण चार जनाको मृत्यु भएको थियो ।
न्यूजिल्याण्ड सरकारले देशभर आपत्काल लागू गर्ने विचार गरिरहेको छ । आँधीका कारण धेरै रुखहरू ढलेका छन्, सडकमा क्षति पुगेको छ भने विद्युत् आपूर्ति प्रभावित भएको छ ।
हावाहुरीका कारण विद्यालय र स्थानीय सरकारी कार्यालयहरू बन्द गरिएको छ ।
मङ्गलवार सम्म स्थिति सामान्यतर्फ फर्किने विश्वास गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा पहिलो पटक तीन सुपर ओभर
-
१२ बजे १२ समाचार: धरौटी बुझाएर रिहा भए धवलशमशेर, भ्रातृ संस्थाबारे देउवा र गगन दुईतिर
-
तेस्रो सुपर ओभरमा नेदरल्यान्डसँग नेपाल पराजित
-
एघार महिनामा ४२ हजार पर्यटकले गरे रसुवाको भ्रमण
-
युद्धरत इजरायलमा रहेका नेपालीहरू सुरक्षित छन् ?
-
पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द