न्यूजिल्याण्डमा ग्याब्रियल आँधी, हजारौँ मानिस प्रभावित
चक्रवात गेब्रियलको प्रभाव न्यूजिल्याण्डका धेरै क्षेत्रमा देखिन थालेको छ । प्राप्त जानकारी अनुसार हालसम्म यो आँधीका कारण ५८ हजारभन्दा बढी घरमा बिजुली अवरुद्ध भएको छ ।
अधिकारीहरूले तीव्र हावा र वर्षाको चेतावनी दिएका छन् । यस आँधीलाई ध्यानमा राख्दै सयौँ उडानहरू पनि रद्द गरिएका छन् । कतिपय क्षेत्रमा आपत्काल घोषणा गरिएको छ ।
आँधी न्यूजिल्याण्डको नर्थ आइल्याण्ड नजिक पुगेको छ । यो आँधी यस्तो बेला आएको हो, जब केही दिनअघि अकल्यान्ड र आसपासका क्षेत्रमा भीषण वर्षा र बाढीका कारण चार जनाको मृत्यु भएको थियो ।
न्यूजिल्याण्ड सरकारले देशभर आपत्काल लागू गर्ने विचार गरिरहेको छ । आँधीका कारण धेरै रुखहरू ढलेका छन्, सडकमा क्षति पुगेको छ भने विद्युत् आपूर्ति प्रभावित भएको छ ।
हावाहुरीका कारण विद्यालय र स्थानीय सरकारी कार्यालयहरू बन्द गरिएको छ ।
मङ्गलवार सम्म स्थिति सामान्यतर्फ फर्किने विश्वास गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण