‘कामिनो’ मा प्रदीपको जोडीमा भित्रिइन् नीति
काठमाडौंँ । दीपक वलीको निर्देशन रहने फिल्म ‘कामिनो’ मा अभिनेत्रीको रुपमा नीति शाह भित्रिएकी छन् । फिल्मको मुख्य भूमिका उनी भित्रिएकी हुन् ।
निर्देशक वलीले फिल्म अभिनयका लागि शाहसँग बुधबार सम्झौता गरेका छन् । फिल्ममा उनी अभिनेता प्रदीप खड्काको जोडीको रुपमा देखिने निर्देशक वलीले बताए ।
नीति चलेकी मोडल हुन् । यस अगाडि फिल्म ‘हुतुतु’ र ‘एक्स ९’मा जोडिए पनि फिल्म छायांकन नभएकोले अभिनय अवसर नपाएकी नीतिले ‘कामिनो’ मार्फत डेब्यु गर्न लागेकी हुन् । फिल्मको अतिथि भूमिकाको लागि केही अगाडी अभिनेत्री वर्षा सिवाकोटी भित्रिएकी थिइन् ।
फिल्म जोखिमपूर्ण तरिकाले अमेरिका प्रवेश गर्न चाहनेको संघर्षको कथामाथि बन्न लागेको हो । एक्सेस नेपाल फिल्मस्को निर्माण रहने फिल्मको नेपालका साथै ल्याटिन अमेरिकाको विभिन्न स्थानमा छायांकन हुनेछ । फिल्म प्रेम, रोमान्स र सस्पेन्सयुक्त रहने निर्देशक वलीले बताए ।
सौरभ लामाको छायांकन, एसडि योगी र एलिस कार्कीको संगीत, रहने ‘कामिनो’ को दिनेश प्रकाश महरा प्रोडक्शन डिजाइनमा छन् । आगामी चैत्र तेश्रो साताबाट छायांकन सुरु हुने फिल्म नेपाली, हिन्दी, अंग्रेजी र स्पेनिस भाषामा रिलिज हुनेछ । स्पेनिस भाषामा ‘कामिनो’ को अर्थ बाटो हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यालिफोर्नियामा स्कुलमा गोलीबारी, ३ जनाको मृत्यु
-
सुकुमबासी बस्तीबाट विस्थापित भेषबहादुर दर्जीको मृत्यु
-
झापामा हुरी र वर्षाले केराखेती नष्ट
-
फिल्म ‘बाः एक योद्धा’ ले सार्वजनिक गर्यो कलाकार
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण