नायिका श्रीदेवीको मृत्यु, दुबईमा फेरिन् अन्तिम सास
चार वर्षको उमेरमा करियरको सुरुवात
बलिउड नायिका श्रीदेवीको हृदयघातका कारण मृत्यु भएको छ । ५४ वर्षीया उनी श्रीमान् बोनी कपुर र कान्छी छोरीसँग आइतबार विवाह कार्यक्रममा सहभागी हुन दुबई पुगेकी थिइन् ।
श्रीदेवीको अचानक मृत्युको खबरले बलिउड जगतका प्रसंशक स्तब्ध भएका छन् । श्रीदेवीको जन्म १३ अगस्ट १९६३ मा तमिलनाडुमा भएको थियो ।
हिन्दी सिनेमा जगतमा श्रीदेवीको निकै ठूलो योगदान छ । सन् १९६३ तमिलनाडुको शिवकाशीमा जन्मेकी श्रीदेवीले हिन्दीका साथै तेलुगु, तमिल, कन्नड र मलायमी फिल्ममा पनि काम गरेकी छिन् । सन् २०१२ का उनले इंगिलश–विंगलिशमार्फत बलिउडमा कमब्याक गरेकी थिइन् ।
चार वर्षको उमेरमा करियरको सुरुवातः
श्रीदेवीले चार वर्षको उमेरदेखि फिल्ममा काम गर्न सुरु गरेकी थिइन् । उनले सन् १९६७ मा एक बाल कलाकारको रुपमा फिल्म थनिवानमार्फत आफ्नो फिल्मी करियरको सुरुवात गरेकी थिइन् । करियरको सुरुमा नै उनले मलयालम फिल्म पूमबत्ताका लागि केरला स्टेट फिल्म अवार्डबाट सम्मानित गरिएको थियो । करियरको सुरुवातमा उनले थुप्रै तमिल तेलगु र मलायलम फिल्ममा काम गरिन् जसका लागि उनले थुप्रै अवार्डसमेत हासिल गरिन् ।

श्रीदेवीले बलिउडमा प्रवेश सन् १९७८ को फिल्म सोलहवां सावनमार्फत गरेकी थिइन् तर उनले सन् १९८३ को फिल्म हिम्मतवालाबाट चर्चा बटुलेकी थिइन् । यस फिल्ममा उनीसँगै अभिनेता जितेन्द्रले काम गरे । उक्त फिल्म ब्लकबस्टर भयो । त्यसपछि श्रीदेवीले जितेन्द्रसँग थुप्रै फिल्ममा काम गरिन् । उनले सदमा, नागिन, निगाहें, मिस्टर इन्डिया, चालबाज, लम्हे, खुदा गावाह र जुदाइ फिल्ममा अभिनय गरिन् । उनले आफ्नो जीवनकालमा पाँचवटा फिल्मफेयर अवार्ड पाएकी छिन् । श्रीदेवीलाई सन् २०१३ मा पद्मश्रीबाट सम्मानित गरिएको थियो ।
बोनी कपुरसँग विवाहः
श्रीदेवीले फिल्म निर्माता बोनी कपुरसँग सन् १९९६ मा विवाह गरेकी थिइन् । फिल्म मिस्टर इन्डिया (सन् १९८७) को सुटिङको क्रममा उनीहरुबिच प्रेम झांगिएको थियो । उनका दुई छोरी जान्ह्वी र खुसी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण