सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
खेलकुद

के नेपालले एकदिवसीय मान्यता जोगाउन सक्ला ?

सोमबार, ०८ फागुन २०७९, १३ : २२
सोमबार, ०८ फागुन २०७९

काठमाडौँ । नेपाली क्रिकेट अहिले एकदिवसीय मान्यता जोगाउने लक्ष्यमा छ । अहिले घरेलु मैदानमा चलिरहेको आईसीसी लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले खेलेका तीन खेलमा तीनै खेलमा जित निकाल्न सफल भएको छ । 

नेपाली टोलीको मुख्य समस्याका रूपमा रहेको ब्याटिङको समस्या अहिले समाधानतर्फ देखिन्छ । ब्याटिङ स्पेसलिस्ट मानिएका मुख्य प्रशिक्षक मोन्टी देशाइले नै नेपाली टोलीको ब्याटिङ समस्यालाई अहिलेसम्म राम्रो अवस्थामा राखेका छन् । नेपालले घरेलु मैदानमा खेलेका हरेक खेलमा २७५ रनको स्कोर चेज गर्न सफल भएको छ । त्यसैले नेपाली टोलीमा आएको ब्याटिङ सुधारले एकदिवसीय मान्यता जोगाउन धेरै ठुलो सहयोग पुग्ने देखिन्छ । 

नेपालले सन् २०१८ मा ओडीआई राष्ट्रको मान्यता पायो । एकदिवसीय मान्यता पाएको नेपालले एकदिवसीय विश्वकप खेल्ने अवसर पनि पाएको थियो । त्यसैका लागि नेपालले सात राष्ट्र सम्मिलित ‘विश्वकप लिग–२ सिरिज’ खेल्ने अवसर पनि पायो ।

सन् २०१८ देखि २०२२ सम्म चार वर्षको अवधिमा नेपाली टोलीले कूल ९ वटा शृङ्खलामा ३६ खेल खेल्न पाउने छ । नेपालले हालसम्म जम्मा २७ खेल खेलेको छ । नेपालले अझै ९ खेल  खेल्न बाँकी छ । नेपालले खेल्ने अबका ९ खेलमा ६ खेलमा जित निकाल्नै पर्ने बाध्यता छ । 

नेपालले बाँकी ६ खेलमा जित निकाल्न सकेमा एकदिवसीय मान्यता जोगिनेछ । नेपालले एकदिवसीय मान्यता जोगाउनका लागि जित अनिवार्य छ । एकदिवसीय मान्यता गुम्दा नेपालले पछि फेरि छनोट खेल्नुपर्नेछ । 

लिग २ का सात राष्ट्रहरू स्कटल्यान्ड, ओमान, नामिबिया, अमेरिका, यूएई, नेपाल र पपुवा न्यूगिनी हुन् । सात देशमध्ये शीर्ष तीनमा आउने राष्ट्रले जिम्बावेमा हुने विश्वकप २०२३ को छनोट खेलमा पुग्नेछ । ३४ खेलबाट ४८ अङ्कका साथ शीर्ष स्थानमा रहेको स्कटल्यान्डले छनोटका लागि आफ्नो स्थान सुरक्षित गरिसकेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको ओमानले पनि आफूलाई बलियो रूपमा प्रस्तुत गरेको छ । प्रतियोगितामा चौथो स्थानमा रहेको अमेरिकाले ३६ खेलबाट ३५ अङ्क जोडेर चौथो स्थानमा रहँदा पाँचौँमा यूएईले २६ खेलमा २७ अङ्क जोडेको छ । 

नेपालले २७ खेल खेलेको नेपालले ११ जित र १४ हारसँगै र एक खेलको रिजल्ट नै नआएर २४ अङ्क जोडेको छ । नेपालभन्दा तल रहेको पपुवा न्युगिनी (पीएनजी)ले २८ खेल खेलेर जम्मा पाँच अङ्क जोडेको छ । 

शीर्ष पाँच स्थानमा पर्ने टोलीको एकदिवसीय राष्ट्रको मान्यता कायम रहनेछ । छैटौँ र अन्तिम स्थानमा रहने दुई टोली भने तल झर्नेछन् र तिनको एकदिवसीय मान्यता पनि धरापमा पर्नेछ ।

नेपालले अब ९ खेल खेल्न बाँकी छ । जसमा एक खेल मंगलबार घरेलु मैदानमा स्कटल्यान्डसँग खेल्नेछ । यसपछि टोलीले संयुक्त अरब इमिरेट्स (यूएई)मा फागुन १५ देखि २२ गतेसम्म युएई र पपुवा न्युगिनी सम्मिलित त्रिदेशीय सिरिज खेल्नेछ । त्यसपछि नेपालले फागुन २५ देखि चैत्र २ गतेसम्म अन्तिम शृङ्खला खेल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप