बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

के अमिताभलाई पहिलै थियो श्रीदेवीको मृत्युको आभाष ?

आइतबार, १३ फागुन २०७४, १६ : ३३
आइतबार, १३ फागुन २०७४

मुम्बई । अभिनेत्री श्रीदेवीको शनिबार दुवईमा निधन भएको छ । ५४ बर्षया श्रीदेवीको हृदयघातका कारण निधन भएको हो । यो दुखद समाचार सार्वजनिक भएपछि बलिउड पूरै शोकमा डुबेको छ ।

सबैलाई आचार्य लाग्न सक्छ । उनको निधनको आभास बलिउडका महानायक अमिताभ बच्चनलाई भने पहिले भएको थियो । जुन प्रमाणको रुपमा उनले गरेको ट्वीटलाई लिन सकिन्छ । 
 
भारतीय मिडियाका अनुसार बच्चनले श्रीदेवीको निधनको खबर बाहिर आउनु पूर्व नै एक ट्वीट गरेका छन् । जुन अध्यायन गर्दा बच्चनलाई उनको मृत्यको खबर पहिले नै आभास भएको अनुमान लगाउन सकिन्छ । 

बच्चनले रातीको करिब १ बजेर १५ मा एक ट्वीट गरेका थिए । जसमा लेखिएको छ ‘न जाने क्यु एक अजिव सी घबराहट हो रही है’ (थाहा छैन किन मलाई अनौठो डर लागिरहेको छ) । बच्चनको यो ट्वीटमा अगाडि केही लेखिएको छैन ।

बच्चनको ट्वीटको केही घन्टा पछि फिल्मफेयरले करिब साढे दुई बजे श्रीदेवीको हृदयघातका कारण निधन भएको समाचार ब्रेक गर्यो ।

श्रीदेवी पति बोनी, छोरी खुसीका साथ सोमन कपुसरको भाई मोहित मारवाहको विवाहमा सरिक थिइन् । उनकी जेठी छोरी जाह्वी चलचित्रको सुटिङका कारणले दुबई जान पाएकी थिइनन् ।

यसअघि, अमिताभले आफूमाथि घटेको यस्तै घटनाबारे बालेका थिए । जसमा चर्चित नायिका स्मिथा पाटेललाई आफूमाथि दुर्घटना हुन अघि त्यसबारे जानकारी भएको बताएका थिए ।

करिब तीन दशकअघि कुली नामक चलचित्रको सुटिङका क्रममा अमिताभ घाइते भएका थिए । 

सन् २०१० मा मिडियासँग कुराकानी गर्दै अमिताभले भनेका थिए, ‘स्मितालाई मेरो दुर्घटनाबारे पूर्व आभाष थियो । सन् १९८२ मा म कुलीको लागि बैंग्लोरमा सुटिङ गरिरहेको थिएँ । एक रात मलाई स्मिताले फोन गरिन् । उनले भनिन् – तपाईं डिस्टर्ब गरेकोमा सरी अमितजी तर के तपाईं ठीक हुनुहुन्छ ? । मैले ठीकै छु भने । त्यसपछि उनले भनिन् – मैले निकै नराम्रो सपना देखेँ । त्यही भएर तपाईं ठीक हुनुहुन्छ कि भनेर सोधेको । अर्को बिहान कुलीको सेटमा भएको दुर्घटनामा म परेँ ।’
 

    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप