जब अर्जुन कपुरले भने, ‘मेरो लागि श्रीदेवी र उनकी छोरीहरुको अस्तित्व छैन’
मुम्बई । अर्जुन कपुरको सौतेनी आमा श्रीदेवीसँगको चीसो सम्बन्धबारे जग जाहेर रहेको छ । उनको लागि श्रीदेवी उनको बुवा बोनी कपुरको श्रीमतीभन्दा बढी केही होइनन् ।
के बहिनीहरु बारे पनि उनको त्यस्तै दुरीको सम्बन्ध रहेको छ त ? पछिल्लो समय एक अन्तर्वार्तामा उनको सौतेनी बहिनी जान्ह्वी र खुसीको बारेमा भनेका थिए – “हामी खासै एकअर्कासँग भेट्ने र समय बिताउने गर्दैनौं र त्यसैले हामीबीच सम्बन्धजस्तो केही छैन ।”
यो भनाईले अजुन कपुरलाई आफ्नो सौतेनी परिवारसँग सम्बन्ध सुधार्न कुनै इच्छा नभएको देखाएको थियो । यसका पछाडी कारण स्पष्ट छ – उनी आफ्नी आमा मोना कपुरसँग एकदमै नजिक थिए । सन् १९९६ मा उनको पिताले उनको आमालाई छाडेर श्रीदेवीसँग बस्न थालेका थिए । त्यसबेलादेखि उनी र उनको बहिनीलाई आमा एक्लैले हुर्काएकी हुन् ।
मोना कपुरको सन् २०१२ मा मृत्यु भएको थियो । आफ्नो पहिलो फिल्म इसकजादेको प्रदर्शन केही अघि बितेकी आमालाई सम्झदै अर्जुन भावुक बनेका थिए । “आज म उनले चाहेको जस्तो अवस्थामा छु तर त्यो हेर्नलाई उनी जीवित नहुदाँ दु ःख लाग्छ । म अहिले जुन स्थानमा छु त्यो सबैमा उनको संघर्षको भूमिका रहेको छ । ”
आमाको मृत्युको यत्रो समयसम्म पनि उनले त्यसलाई स्वीकार्न नसकेको बताउछन् । “उनी मेरो मेरो मेरुदण्ड थिइन । पाँच वर्षदेखि म मेरुदण्डविना बाचिरहेको छु ।” उनी यो कठिन समयमा आफूभन्दा कान्छी बहिनी आफ्नो आत्मबल बनेकी बताएकी छन् ।
“मेरी बहिनी अनुसा निक्कै बलियी युवती हुन् । ऊ मन्दा खराब अवस्थाबाट गुज्रेकी छिन् । बुवाले छोड्दा म एघार वर्षको थिएँ । उनी त मात्र ५ वर्षकी थिइन् । फेरि आमासँग मैले २५ वर्ष गुजार्न पाएँ । उनले भने जम्मा १९ वर्ष पाइन् । तर उनी मभन्दा बढी परिपक्व, शिक्षित, सहज र आत्मविश्वासी छिन् ।”
उनले थप भने – “मम्मीको वित्दा मलाई यो बच्चीलाई कसरी सम्झाऊँ भएको थियो तर खासमा उनले मलाई सम्हालिरहेकी छिन् । अमेरीकामा पढाई सकेर उनी उतै काम गर्न सक्थिन तर उनी यही दिल्ली आएर काम खोजिन् र मेरो औषधी र घरको ख्याल गरिरहेकी छिन् ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण