युवाहरूमाथि सिङ्गो राष्ट्रको भरोसा छ : प्रधानमन्त्री
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाहरूमाथि सिङ्गो राष्ट्रको आशा र भरोसा रहेको बताएका छन् ।
बिहीबार बिहान काठमाडौँको टुँडिखेलमा आयोजित राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १७ औँ ब्याच सिनियर डिभिजन तालिमको दीक्षान्त कवाजलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘तपाईंहरूमाथि तपाईंका अभिभावकको मात्र आशा र सपना निहित नरही प्राध्यापक, नातेदार र समाजको पनि सपना र आशा रहेको हुन्छ। त्यसैले सर्वोत्कृष्ट समाजको निर्माणका लागि यसै युवा अवस्थामा तपाईंहरूले आफ्नो मनोबल उच्च बनाउनुका साथै कुशल नेतृत्वको विकास, नैतिक आचरण र अनुशासनको पालना गर्दै आफ्नो समाज र राष्ट्रप्रतिको कर्तव्य बुझ्ने र सोअनुरूपको कार्यभार पूरा गर्न सबल नागरिक बन्ने कार्य पनि उत्तिकै महत्त्वपूर्ण छ।’
यस्तो छ दीक्षान्त समारोहमा प्रधानमन्त्रीले गरेको सम्बोधनको पूर्णपाठ
यस दीक्षान्त कवाजमा राष्ट्रिय सेवा दलको प्रमुख संरक्षकको हैसियतले सहभागी हुन पाउँदा हर्षित एवं गौरवान्वित महसुस गरेको छु। युवाहरूको व्यक्तित्व विकास गर्ने उद्देश्यले वि.सं. २०२२ सालबाट “अनुशासन नै राष्ट्र सेवाको मूल जग हो” भन्ने मान्यतासहित स्थापना भएको राष्ट्रिय सेवा दलको तालिममा छनौट भई तालिम सफलतापूर्वक सम्पन्न गरी दीक्षित हुनुहुने क्याडेट छात्र÷छात्राहरूलाई हार्दिक बधाइ ज्ञापन गर्दछु।
देशलाई “जननी जन्मभूमिश्च स्वर्गादपी गरीयसी” युक्तिलाई आत्मसाथ गर्दै चन्द्र र सूर्यअंकित झण्डाप्रति सदैव अनुशासित भई देश र जनताको सेवा गर्ने युवाहरूको खाँचो पर्दछ। नेपाल सरकारको उच्च प्राथमिकतामा परेको यस कार्यक्रमले युवाहरूलाई अनुशासित, मर्यादित, मुलुकप्रति समर्पित र राज्यका संस्थाहरूप्रति सम्मान गर्ने संस्कारयुक्त नागरिक बनाउनुका साथै विपद्को समयमा परिचालन गर्न सकिने तालिमप्राप्त स्वयंसेवक जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ।
तपाईंहरूमाथि तपाईंका अभिभावकको मात्र आशा र सपना निहित नरही प्राध्यापक, नातेदार र समाजको पनि सपना र आशा रहेको हुन्छ। त्यसैले सर्वोत्कृष्ट समाजको निर्माणका लागि यसै युवा अवस्थामा तपाईंहरूले आफ्नो मनोबल उच्च बनाउनुका साथै कुशल नेतृत्वको विकास, नैतिक आचरण र अनुशासनको पालना गर्दै आफ्नो समाज र राष्ट्रप्रतिको कर्तव्य बुझ्ने र सोअनुरूपको कार्यभार पूरा गर्न सबल नागरिक बन्ने कार्य पनि उत्तिकै महत्त्वपूर्ण छ।
नैतिकवान्, क्षमतावान् र देशभक्त युवाहरू तयार गरी राष्ट्रको आवश्यकता सम्बोधन गर्ने उद्देश्यसहित राष्ट्रिय सेवा दल स्थापना भएको हो। राष्ट्रलाई आवश्यक परेको बेलामा तपाईहरू निःस्वार्थ सेवाभावबाट समर्पित भई एक सच्चा नेपाली नागरिकका रूपमा महत्त्वपूर्ण नेतृत्वदायी भूमिका निर्वाह गर्नुहुनेछ र यस तालिमको दौरानमा हासिल गरेका ज्ञानले तपाईहरूलाई लक्ष्य प्राप्तिका लागि अभिप्रेरित गर्ने विश्वास लिएको छु।
यस तालिममा तपाईहरूलाई सैनिक पोसाकमा विभिन्न सैनिक कला तथा समसामयिक विषयमा ज्ञान मात्र दिइँदैन विभिन्न प्राकृतिक भू–बनोट, संस्कृति, परम्परा र संस्कारबाट आई राष्ट्रिय सेवा दलको एउटै छानामुनि बसी एक–अर्काको भावना एवं संस्कृति, परम्परा, संस्कार र इतिहास बुझ्ने मौका पनि मिल्दछ। यसरी देशभित्र विद्यमान विविध भाषा, संस्कृति, भेषभुषा एवं विशेषताहरूको जानकारीले तपाईहरूलाई आफ्नो देशप्रतिको गौरव बढाउनुका साथै राष्ट्रि«य एकताको भावनामा थप प्रतिबद्धताको विकास हुने विश्वास लिएको छु।
आजको अवस्थामा अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता हो। यस कार्यक्रमको महत्त्व पनि राष्ट्रको उल्लेखित कार्यभार पूरा गर्ने जिम्मेवारीसँग जोडिएको छ। यस अवसरमा युवाहरूको शारीरिक, मानसिक, बौद्धिक विकासका निम्ति नेपाल सरकार निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्दछु।
तपाईहरूले प्रदर्शन गरेको जोसिलो कवाज, कला र प्रस्तुतिहरूको अवलोकनले मलाई विगतमा मेलै राष्ट्रिय सेवा दल तालिम गर्दाको सुखद क्षणहरू स्मरण भइरहेको छ। हाल म प्रधानमन्त्रीको रूपमा कार्यरत रहँदा राष्ट्रिय दलको लक्ष्यअनुरूप अनुशासित, मर्यादित, मुलुकप्रति समर्पित र राज्यका संस्थाहरूप्रति सम्मान गर्ने संस्कारयुक्त नागरिक बनाउँदै यस तालिमबाट प्राप्त हुने ज्ञानले देशप्रति थप जिम्मेवारी र कर्तव्य बोधको ऊर्जा प्राप्त भएको छ।
राष्ट्रिय आवश्यकताको अनुपातमा राष्ट्रिय दलको तालिमको मात्रात्मक उपस्थिति पर्याप्त देखिँदैन। हाल विद्यमान ७७०० को सङ्ख्या बढाएर आगामी दिनमा तालिममा सहभागीको सङ्ख्या बिस्तार गर्नुपर्ने आवश्यकताप्रति नेपाल सरकार गम्भीर छ। आगामी दिनमा सङ्ख्या वृद्धि गरी तालिमको गुणस्तरमा समेत थप प्रभावकारिता ल्याइने प्रतिबद्धता व्यक्त गर्दछु।
युवाहरूको नेतृत्व विकासमा अग्रणी भूमिका खेल्ने राष्ट्रिय सेवा दल परिवार तथा नेपाली सेनालाई हृदयदेखि आभार व्यक्त गर्दछु। साथै तालिमलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने नेपाली सेना, स्थानीय सरकार, विद्यार्थीहरू, तालिममा सहभागी गराउनुहुने विद्यालय परिवार तथा आफ्ना छोराछोरीहरूलाई यस तालिममा सहभागी गराउनुहुने आदरणीय अभिभावकज्यूहरूमा नेपाल सरकारको तर्फबाट आभार प्रकट गर्दछु।
अन्त्यमा, महत्त्वपूर्ण तालीम सफलतापूर्वक पूरा गरी दीक्षित हुनुभएका तपाई क्याडेट छात्र÷छात्राहरूको निरन्तर प्रगतिसहित उज्ज्वल भविष्यको कामना गर्दछु, धन्यवाद।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण