सन्दीपको स्थान अन्य स्पिनरले लिनुपर्छः कप्तान पौडेल
काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले महत्वपूर्ण खेलाडी सन्दीप लामिछानेको स्थान अन्य स्पिनरले लिनुपर्ने बताएका छन् । युएईमा हुन लागेको आइसीसी विश्वकप लिग– श्रृंखलामा मुख्य लेग स्पिनर सन्दीप लामिछाने नहुने भएपछि टोलीका अन्य स्पिनरले जिम्मेवारी लिनुपर्ने बताएका हुन् ।
बिहीवार प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटपछि पत्रकारसँग कुरा गर्दै कप्तान रोहितले सन्दीपको स्थान अन्य बलर तथा स्पिनरले लिनुपर्ने बताए । उनले सन्दीप टोलीको महत्वपूर्ण बलर भएको र ४ खेलमा १३ विकेट लिँदा टोलीलाई सहज भएको बताए । सन्दीपको अनुपस्थितिमा टोलीलाई धेरै खाँचो पर्ने तर उनको स्थानलाई अन्य खेलाडीले लिनुपर्ने बताए ।
नेपाली राष्ट्रिय क्रिकेट टिम शनिवार युएई भ्रमण गर्दैछ । युएई भ्रमणको क्रममा नेपालले आयोजक युएई र पपुवान्युगिनीसँगै दुई खेलको क्रिकोणात्मक श्रृंखला खेल्ने तालिका रहेको छ । नाबालिक बलात्कारको आरोप लागेको सन्दीपलाई अदालतले विदेश जान रोक लगाएको छ ।
त्यसैले नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई टिममा समावेश गरेको छैन । भ्रमणको क्रममा नेपालले युएईको भूमिमा चार खेल खेल्नेछ भने लगत्तै नेपाल फर्किएर थप उनै टोलीसँग थप चार खेल खेल्नेछ । युएई भ्रमण अन्तगर्तत नेपालले पहिलो खेल २७ तारिखमा पपुवान्युगिनिसँग खेल्नेछ भने दोस्रो खेल २ मार्चमा युएईसँग हुनेछ । यस्तै तेस्रो खेल ३ मार्चमा पपुवा न्युगिनीसँग पुनः हुनेछ भने ६ मार्चमा घरेलु टोली युएईसँग दोस्रो खेले खेलेर स्वदेश फकिर्नेछ ।
लिग–२ मा नेपाल २८ खेलबाट १२ मा जित र १४ मा हारसहित २६ अंकका साथ छैटौं स्थानमा छ । बाँकी रहेको ८ खेलमा कम्तिमा ५ खेल जितेमा नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण