बालिकालाई ‘अनुपयुक्त ढंगले’ चुम्बन गरेको आरोपमा चर्चित गायक प्यापोन विवादमा, शोबाट हटाइए
मुम्बई । प्यापोन भनेर चिनिने भारतका चर्चित गायक अन्गारग महन्त एक बालिकालाई अनुपयुक्त ढंगले चुम्बन गरेको कारण विवादमा तानिएका छन् ।
एण्ड टिभी च्यानलबाट प्रशारित हुने भ्वाइस इन्डिया किड्सका निर्णायकहरु मध्ये एक रहेका प्यापोनले कार्यक्रमकै सहभागी एक बालिकालाई चुम्बन गरेका थिए ।
कार्यक्रममा सहभागी बालबालिकाहरुसँग होली मनाउँदै गरेको भिडियो फेसबुक लाइभका दौरान ११ वर्षीया बालिकालाई चुम्बन गरेका थिए । उनको यस हर्कतको सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो ।
आलोचना भएपछि टेलिभजिन च्यानलले उनलाई कार्यक्रमबाट हटाइएको वक्तव्य जारी गरेको छ ।
प्यापोनले मागे माफी
यता, प्यापोनले पनि एक व्यक्तव्य जारी गर्दै आफूले कुनै पनि गलत नियतले बालिकालाई चुम्बन नगरेको स्पष्टिकरण दिएका छन् । आफ्नो गलत नियत भए कसैले पनि फेसबुक लाइभमा यस्तो हर्कत नगर्ने उनको तर्क थियो ।
उनले अहिले कुनै पनि महिलालाई छुनु, चाहे त्यो सही नियतले किन नहोस्, गलत ठहरिने बेलामा आफूले गरेको व्यवहार प्रति माफी पनि मागेका छन् ।
उनले ती बालिकाको परिवारले यसलाई नाकारात्मक ढंगले नलिरहेको अवस्थामा बिनाकारण यो मुद्दालाई ठूलो बनाएर दुईवटा परिवारको जीवन बबार्द नपार्न आग्रह गरेका छन् । प्यापोनको परिवारमा श्रीमती र दुई सन्तान रहेका छन् ।
११ वर्षीया बालिकाको पिताले पनि मिडियालाई यो मामिलालाई बढाई–चढाई नगर्न आग्रह गरेका छन् ।
मिश्रित प्रतिक्रिया
प्यापोनको यस हर्कतबारे मिश्रित प्रतिक्रिया आएको छ । केहीले उनको समर्थन गरेका छन् भने केहीले उनको ब्यापक आलोचना गरिरहेका छन् । नायिका रविना टण्डनले प्यापोनमाथि कारवाहीको माग गरेका छिन् भने फराह खानले उनको हर्कत सही नभएको प्रतिक्रिया दिएकी छिन् ।
प्यापोनको मोह मोह के धागे, जिये क्यूँ जस्ता गीतहरु चर्चित रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण