गायक राजेशपायल राईले गरे विवाह दर्ता
बुधबार, २४ फागुन २०७९, २० : ५९
काठमाडौँ । गायक राजेशपायल राई र उनकी प्रेमिका साङबुङ राईले विवाह दर्ता गराएका छन् । उनीहरुले गत मंसिर २६ गते काठमाडौँ महानगरपालिका-३१ को वडा कार्यालयमा विवाह दर्ता गरेका हुन् ।
यसअघि उनीहरुले गत भदौ १ गते विवाह गरेको पाइएको छ । लामो समयदेखि लिव-इन रिलेसनमा बस्दै आएका उनीहरुको एक सन्तान भएपछि विवाह गरेका थिए । लामो समयदेखि सँगै बस्दै आएपनि राजेशपायल राईले आफूलाई अविवाहित बताउँदै आएका थिए ।
साङबुङ एक फ्यानको रुपमा राजेशपायलसँग नजिकिएकी थिइन् । दुवै एक–अर्काप्रति आकर्षित भएपछि यो जोडी लिव-इन रिलेसनमा बस्दै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण