शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

जिरा र बेसारमा लुकेको फ्याटी लिभरको समाधान : थकान, पेटको दाहिने भाग दुख्नु कलेजोमा समस्याको सङ्केत

सोमबार, २९ फागुन २०७९, १३ : ००
सोमबार, २९ फागुन २०७९

कलेजो शरीरको महत्त्वपूर्ण अङ्ग हो । कलेजोले शरीरका ५०० भन्दा बढी कार्यहरूमा मद्दत गर्छ, त्यसैले यो तन्दुरुस्त र स्वस्थ रहन महत्त्वपूर्ण छ । व्यस्त जीवनशैली र अस्वस्थ खानाले धेरै स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ, जसमध्ये फ्याटी लिभर पनि एक हो ।

समयमै उपचार गरिएन भने यसले गम्भीर रूप लिन सक्छ । फ्याटी लिभर भनेको कलेजोको कोशिकामा अनावश्यक बोसोको मात्रा बढेर कलेजोलाई क्षतिको जोखिममा पार्ने अवस्था हो । भारतका डाक्टर वाई पी सिंहले फ्याटी लिभरका लक्षणहरू र यसलाई कसरी निको पार्न सकिन्छ भनेर जानकारी दिइरहेका छन् ।

फ्याटी लिभर दुई प्रकारका हुन्छन्

फ्याटी लिभर दुई प्रकारका हुन्छन् । पहिलो नन अल्कोहोलिक फ्याटी लिभर र दोस्रो अल्कोहोलिक फ्याटी लिभर । जसले रक्सी पिउँदैनन् वा कम मात्रामा पिउँछन् उनीहरूलाई नन अल्कोहोलिक फ्याटी लिभरको समस्या हुनसक्छ ।

अर्कोतर्फ, अल्कोहलयुक्त फ्याटी लिभरको समस्या धेरै रक्सी पिउने व्यक्तिहरूमा हुन सक्छ । फ्याटी लिभरको समस्याबाट पीडित व्यक्तिले रक्सी पिउने क्रम जारी राखेमा अल्कोहलयुक्त हेपाटाइटिस, कलेजो फेल, सिरोसिस र कलेजोको क्यान्सरसमेत हुन सक्छ ।

फ्याटी लिभरका लक्षणहरू

पेटको माथिल्लो दाहिने भागमा दुखाइ, थकान र कलेजो बढ्दै गएको छ भने यो फ्याटी लिभरको लक्षण हुन सक्छ । यदि तपाईँ अत्यधिक तौल वा मोटोपनाबाट ग्रसित हुनुहुन्छ भने प्रत्येक दिन खाने क्यालोरीको सङ्ख्या कम गर्नुहोस् । यदि तपाईंको तौल ठिक्क छ भने स्वस्थ खानेकुरा खानुहोस् र व्यायाम गरेर यसलाई यथावत् राख्ने कोसिस गर्नुहोस् । हप्ताको धेरै दिन व्यायाम गर्नुहोस् । हरेक दिन कम्तीमा ३० मिनेटको शारीरिक गतिविधि गर्ने कोसिस गर्नुहोस् । कुनै प्रकारको नसाको सेवन नगर्नुहोस् । 

फ्याटी लिभरको समस्यालाई सङ्केतका साथ बुझ्नुहोस्

फ्याटी लिभर हुँदा शरीरमा कुनै पनि स्पष्ट लक्षण देखिँदैन । तैपनि पेटको माथिल्लो दाहिने भागमा दुखे, अत्यधिक थकाई लागे र कलेजो बढ्दै गए यो फ्याटी लिभरको लक्षण हुन सक्छ । नन अल्कोहोलिक स्टेटोहेपाटाइटिस र सिरोसिस हुनुको सम्भावित लक्षणहरूमा हत्केला रातो हुने, पेट सुन्निने, छालाको सतह मुनि ठुलो रक्त नलीहरू र छाला र आँखा पहेँलो हुनु (जन्डिस) लगायत समावेश हुनसक्छ ।

फ्याटी लिभरका लागि धेरै कारणहरू जिम्मेवार हुन सक्छन् जुन यस्ता छन् – 

मदिरा सेवनले फ्याटी लिभरको समस्या निम्त्याउन सक्छ । यदि तपाईँ नियमित मदिरा पिउनुहुन्छ भने तपाईँको कलेजोमा बोसो जमेको छ वा छैन भनेर जाँच गरिरहनुहोस् ।

मोटोपना –  मोटोपना पनि फ्याटी लिभरको प्रमुख कारण हुन सक्छ । शरीरमा अत्यधिक बोसो फ्याटी लिभर मात्र होइन यो उच्च रक्तचाप वा अन्य स्वास्थ्य समस्याहरूको लागि पनि जिम्मेवार हुन्छ ।

विशेष औषधि – केही औषधिहरूले पनि फ्याटी लिभरको समस्या निम्त्याउन सक्छ । अनुसन्धानले पत्ता लगाएको छ कि एस्पिरिन जस्ता औषधिहरूले पनि यस्तो समस्या निम्त्याउन सक्छ ।

अस्वस्थकर खानेकुरा खाने बानी

धेरै चिल्लो – मसालेदार खानेकुरा खाने, धेरै फास्ट फुड खाँदा फ्याटी लिभरको समस्याको कारण हुन सक्छ ।

वंशाणुगत

कहिलेकाहीँ फ्याटी लिभर वंशाणुगत पनि हुन सक्छ । यदि तपाईँको घरको कोही, विशेष गरी आमा वा बुबालाई पहिले नै यो समस्या भएको छ भने तपाईँलाई पनि यस्तो हुने  सम्भावना बढ्छ ।

फ्याटी लिभरको लागि घरेलु उपचार

कलेजोको सुजन कम गर्न दैनिक ग्रिन टी पिउनुहोस् । यसमा पाइने एन्टिअक्सिडेन्टले यो समस्यालाई हटाउन मद्दत गर्छ । फ्याटी लिभरको समस्याबाट पीडित व्यक्तिहरूले दिनमा कम्तीमा दुई पटक ग्रिन टी पिउनुपर्छ । कलेजोको सुजन कम गर्न बिहान खाली पेटमा जिराको दाना खानुहोस् ।

आहारमा बेसार समावेश गर्नुहोस्

बेसारमा प्रचुर मात्रामा एन्टिअक्सिडेन्ट हुन्छ । यसले कलेजोको स्वास्थ्यमा सुधार गर्छ । एसियाली देशमा खाना पकाउन यो मसला बढी प्रयोग हुने गरेको छ र अहिले पश्चिमी देशका मानिसले पनि कलेजो जोगाउन बेसारको प्रयोग गर्न थालेका छन् । केही अध्ययनहरूका अनुसार बेसारको एन्टिभाइरल गुणले हेपाटाइटिस बी र सीका भाइरसलाई बढ्नबाट रोक्छ । बेसारको प्रयोग गर्ने सबैभन्दा सहज र राम्रो उपाय यसलाई खाना बनाउने बेला मसलासँग मिसाएर खानुहोस् वा दूधमा एक चिम्टी बेसार मिसाएर सधैँ पिउनुहोस् । यसले तपाईँको कलेजो सम्बन्धी रोगबाट जोगाउने गर्छ । 

कलेजोका लागि स्वस्थ खानेकुरा

– बिट रुट जुस पिउनुहोस्

– फ्याटी फिसको सेवन गर्नुहोस् 

– नट्सलाई दैनिक आहारमा समावेश गर्नुहोस् 

– ओलिभ ओयलमा पकाएर खानुहोस्

त्रिफला चूर्णले कलेजोको बोसो हटाउँछ

आयुर्वेदमा त्रिफला चूर्णका धेरै फाइदाहरू उल्लेख गरिएको छ । अमला, बिभितकी र हरितकीलाई पिसेर त्रिफला धूलो बनाइन्छ । कब्जियतको समस्यामा त्रिफला चूर्ण मनतातो पानीमा मिसाएर सेवन गर्दा फाइदा हुन्छ । त्रिफलाको सेवन कलेजोको समस्यामा पनि फाइदाजनक हुन्छ किनभने यसको सेवनले डाइजेस्टिव इन्जाइम सक्रिय हुन्छ र कलेजोबाट विषाक्त पदार्थ बाहिर निस्कन्छ ।

जङ्क फुडबाट बच्नुहोस्

फ्याटी लिभरको समस्याबाट बच्न जङ्क फुडको सेवन नगर्नुहोस् । साथै, खाना खाँदा आधा पेट सलाद र तरकारीले मात्र भर्नुहोस् । खाना खानुभन्दा आधा घण्टा अघि पानी पिउनुहोस् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप