बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

छोरी न्यासालाई गरिने ट्रोलबारे अजय देवगनले भने, ‘बच्चाका लागि चिन्तित छु ’

बिहीबार, ०२ चैत २०७९, १६ : १२
बिहीबार, ०२ चैत २०७९

बलिउड अभिनेता अजय देवगनकी छोरी न्यासा देवगन सधैँ आफ्नो मेकअप, कपडाका कारण चर्चामा रहन्छिन् तर सामाजिक सञ्जालमा उनी कयौँ पटक ट्रोल हुने गर्छिन् । यसैबीच भोला फिल्मको प्रमोसनका क्रममा अजय देवगनलाई एक अन्तरवार्तामा छोरीलाई गरिने ट्रोलिङबारे प्रश्न सोधिएको थियो । यसबारे उनले जवाफ दिएका छन् । 

ट्रोलर्सलाई वास्ता नगर्न सल्लाह दिन्छन्

हालैको यो अन्तरवार्तामा अजयले भनेका छन्, ‘म आफ्ना दुवै बच्चालाई अनलाइन लेखिएका कुरासँग चिन्तित नहुन सल्लाह दिन्छु । तपाईँहरूका प्रशंसक र दर्शकको तुलनामा तपाईँलाई ट्रोल गर्नेहरूको सङ्ख्या निकै कम छ भनेर सम्झाउँछु । मैले त यसलाई बेवास्ता गर्न सिकिसकेको छु । मैले आफ्ना बच्चाहरूलाई पनि यस्तै गर्न भन्ने गर्छु ।’

अजयले थपे, ‘मलाई थाहा छैन, मानिसको मनमा यति साह्रो घृणा कहाँबाट आउँछ । कहिलेकाहीँ उनीहरुले लेखेको कुरा म बुझ्दै बुझ्दिनँ, त्यसैले मैले अब चिन्ता लिन छोडिदिएको छु ।’ 

बच्चाका लागि चिन्तित

अजय भन्छन्, ‘मानिसहरूको नजर सधैँ मेरा बच्चाहरूमा हुन्छ र यस कारण मलाई धेरै चिन्ता लाग्छ । म यस्ता कुरालाई फेर्न सक्दिनँ न नै अनलाइन ट्रोलिङ रोक्न सक्छु । तपाईँलाई साँच्चै नै के गर्ने भन्नेबारे थाहा हुँदैन । किनभने कति पटक त यस्ता कुरा लेखिन्छ जुन साँचो हुँदैनन् । तर मैले कुनै जवाफ दिएँ भने कुरा अझै बढ्छ ।’

न्यासाले बलिउडमा काम गर्छिन् ?

अन्तरवार्ताका क्रममा उनलाई उनका छोराछोरी फिल्ममा काम गर्न चाहन्छन् भनी सोधिएको थियो । यसमा अजयले भने, ‘मेरो छोरा युगले भर्खरै हिन्दी फिल्म हेर्न थालेको छ । तर मेरी छोरी न्यासा अझै पनि हाम्रो फिल्म हेर्दिनन् । उनलाई फिल्म हेर्ने कुनै रुचि छैन, अहिले पनि छैन । हाल उनी विदेशमा पढाइ पूरा गरिरहेकी छिन् ।’

अजय देवगनको फिल्म ‘भोला’ साउथको चर्चित फिल्म क्याथीको हिन्दी रिमेक हो । यो फिल्म ३० मार्चमा रिलिज हुनेछ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप