झारफुकको बहानामा कुटपिटपछि मृत्यु प्रकरणमा मानव अधिकार तथा शान्ति समाजको चासो
बुटवल । मानव अधिकार तथा शान्ति समाजले रुपन्देहीको सैनामैनामा झारफुकको बहानामा कुटपिट गरी मृत्यु भएको घटनाबारे चासो देखाएको छ ।
समाजको टोली आज रुपन्देहीको सालझन्डी पुगेर दोषीलाई कारबाही गर्नुपर्ने र निर्दोष व्यक्तिलाई प्रहरीले दुःख दिन नहुनेमा ध्यानाकर्षण गराएको छ ।
समाजका निवर्तमान केन्द्रीय सभापति गोविन्द खनालको नेतृत्वमा गएको टोलीले इलाका प्रहरी कार्यालय सालझन्डीमा पुगेर घटनाबारे जानकारी लिनुका साथै हिरासतमा रहेकाहरूसँग भेटघाटसमेत गरेको हो ।
फागुन २० गते राति सैनामैना–१० बस्ने २२ वर्षीय सोनिया रेग्मीले झारफुकको बहानमा कुटपिट गर्दा सोही ठाउँकी १४ वर्षीय बालिका सीता ज्ञवालीको मृत्यु भएको थियो ।
अनुगमनको पुगेको टोलीलाई इलाका प्रहरी कार्यालय सालझन्डीका प्रहरी निरीक्षक ईश्वरबहादुर थापा र प्रहरी सहायक निरीक्षक मधु मरासिनीले घटनाका बारेमा जानकारी गएका थिए ।
घटना रुढीवादी अन्धविश्वासको जगमा उत्पन्न भई भएको मानव अधिकार तथा शान्ति समाजका निवर्तमान सभापति खनालले बताए । उनले घटनामा संलग्नको वैज्ञानिक अनुसन्धान गरी कारबाही गर्न प्रहरीको ध्यानाकर्षण गराएको बताए ।
मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका अध्यक्ष खिमप्रसाद (कृष्ण), नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव विनोद परियार लगायतले अन्धविश्वासका कारण यस्ता घटना भए पनि कानुनको नजरमा दोषीलाई कारबाही गर्न माग गरेका थिए ।
त्यस्तै टोलीले सैनामैना नगरपालिका वडा न. १० का वडा अध्यक्ष कृष्ण प्रसाद भण्डारीसँग समेत घटनाबारे जानकारी लिएको थियो ।
प्रहरीले कुटपिट गर्ने झाँक्री सोनियासहित १८ जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण