एम्बाप्पेको दुई गोलमा फ्रान्सको शानदार जीत
पेरिस । किलियान एम्बाप्पेले फ्रान्सको कप्तानको रुपमा सुखद् सुरुवात गरेका छन् । शुक्रबार राति भएको युरो २०२४ छनोट खेलमा एम्बाप्पेको दुईको गोलको मद्दतले फ्रान्सले नेदरल्याण्डमाथि ४–० को शानदार जीत हासिल गरेको हो ।
एन्टोनी ग्रिजमानले खेलको दोस्रो मिनेटमा नै फ्रान्सलाई अग्रता दिलाएका थिए । छ मिनेटपछि डिफेन्डर डायोट उपामेकानोले टोलीको अग्रता दोब्बर बनाए । २१ औँ मिनेटमा एम्बाप्पेले फ्रान्सका लागि व्यक्तिगत ३७ औँ गोल गर्दै अग्रता फराकिलो बनाए ।
दोस्रो हाफमा एम्बाप्पेले अर्को गोल थप्दै जीत सुनिश्चित गरे । खेलको अन्त्यतिर नेदरल्याण्डका मेम्फिस डिपायले पेनाल्टीबाट सान्तवना गोल गर्ने अवसर गुमाएका थिए ।
एम्बाप्पेलाई कप्तान बनाएकोमा ग्रिजमान असन्तुष्ट रहेको रिपोर्टहरू सार्वजनिक भए पनि शुक्रबारको खेलमा दुईबीच कुनै टकराब देखिएन । ग्रिजमानले एम्बाप्पेकै पासमा पहिलो गोल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण