शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सरकार स्पष्ट गन्तव्यका साथ अगाडि बढ्छ : सांसद बडू

शुक्रबार, २४ चैत २०७९, १७ : ०२
शुक्रबार, २४ चैत २०७९

काठमाडौँ । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सरकार स्पष्ट गन्तव्यका साथ अगाडि बढ्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सरकारले न्युनतम साझा कार्यक्रममार्फत आफ्नो गन्तव्य स्पष्ट गरिसकेको बताए । उनले अब सरकारले पनि पूर्णता पाउने बताए । उनले सरकार आफ्नो नीति र कार्यक्रमअनुसार स्पष्ट गन्तव्यका साथ अगाडि बढ्ने बताए ।

उनले भने– ‘अब सरकारले आफ्नो गन्तव्य स्पष्ट गरिसकेपछि सरकारको पूर्णता पाउने काम पनि अब गति लेला नै । उपनिर्वाचन आदि कारणले पनि हुन् केही ढिलाइ हुने त । आफ्नो नीति र कार्यक्रम जुन आएको छ, मलाई लाग्छ अब सरकार स्पष्ट गन्तव्यका साथ अगाडि बढ्छ ।’

उनले संघमा बन्ने कानूनहरु छिटोभन्दा छिटो बनाउनसके प्रदेश र स्थानीय तहमा कानून बन्ने मार्ग प्रशस्त हुने बताए । सरकारले कानून निर्माण गर्ने कुरालाई प्राथमिकतामा राखेको उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप