सरकार स्पष्ट गन्तव्यका साथ अगाडि बढ्छ : सांसद बडू
काठमाडौँ । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सरकार स्पष्ट गन्तव्यका साथ अगाडि बढ्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सरकारले न्युनतम साझा कार्यक्रममार्फत आफ्नो गन्तव्य स्पष्ट गरिसकेको बताए । उनले अब सरकारले पनि पूर्णता पाउने बताए । उनले सरकार आफ्नो नीति र कार्यक्रमअनुसार स्पष्ट गन्तव्यका साथ अगाडि बढ्ने बताए ।
उनले भने– ‘अब सरकारले आफ्नो गन्तव्य स्पष्ट गरिसकेपछि सरकारको पूर्णता पाउने काम पनि अब गति लेला नै । उपनिर्वाचन आदि कारणले पनि हुन् केही ढिलाइ हुने त । आफ्नो नीति र कार्यक्रम जुन आएको छ, मलाई लाग्छ अब सरकार स्पष्ट गन्तव्यका साथ अगाडि बढ्छ ।’
उनले संघमा बन्ने कानूनहरु छिटोभन्दा छिटो बनाउनसके प्रदेश र स्थानीय तहमा कानून बन्ने मार्ग प्रशस्त हुने बताए । सरकारले कानून निर्माण गर्ने कुरालाई प्राथमिकतामा राखेको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण