फर्मिन्होको गोलमा बराबरीमा रोकियो आर्सनल
सोमबार, २७ चैत २०७९, ०६ : १०
एनफिल्ड । खेलको अन्त्यतिर रोबर्टो फर्मिन्होले नाटकीय गोल गरेपछि आर्सनल लिभरपुलसँग बराबरीमा रोकिएको छ । बराबरीसँगै शीर्ष स्थानमा आर्सनलको अग्रता ६ अङ्कमा सीमित बनेको छ ।
एनफिल्डमा आर्सनलले धमाकेदार सुरुवात गर्दै २८ मिनेटभित्र नै दुई गोलको अग्रता बनाएको थियो । आठौँ मिनेटमा ग्याब्रियल मार्टिनेलीले आर्सनललाई अग्रता दिलाए भने ग्याब्रियल जिसुसले आर्सनलको अग्रता दोब्बर बनाए । तर, पहिलो हाफ सकिन लाग्दा मोहमद शालाहले लिभरपुलका लागि एक गोल फर्काएका थिए ।
दोस्रो हाफमा लिभरपुलले पेनाल्टीमार्फत बराबरी गोल फर्काउने अवसर पायो । तर, शालाह त्यसमा चुके । जीततर्फ बढिरहेको आर्सनललाई फर्मिन्होले खेलको ८७ औँ मिनेटमा झट्का दिए । खेल २–२ को बराबरीमा सकियो । ३० खेलपछि आर्सनलको ७३ अङ्क रहेको छ । लिभरपुल भने २९ खेलबाट ४४ अङ्कसहित लिगको आठौँ स्थानमा सीमित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण