सन् २०१८ को ओस्कार अवार्ड : ‘सेप अफ वाटर’ उत्कृष्ट फिल्म घोषित (फोटो)
काठमाडौँ । सन् २०१८ को ९० औँ ओस्कार अवार्डमा ‘सेप अफ वाटर’ ले उत्कृष्ट फिल्मको उपाधि जित्न सफल भयो ।
प्रयोगशालमा परिक्षणको लागि राखिएको मानव आकृतिको अनौठो उभयचर जीव र त्यस प्रयोगशालामा सरफाईको काम गर्ने बोल्न नसक्ने युवतीको आत्मियता समेटेको फिल्मले उत्कृष्ट निर्देशकतर्फको उपाधि पनि कब्जा गर्न सफल भयो ।
सेप अफ वाटर सबैभन्दा धेरै १३ विधामा मनोनयन परेको फिल्म थियो ।
उत्कृष्ट फिल्म पुरस्कार प्रदान गर्न यो वर्ष पनि अघिल्लो वर्षकै प्रस्तोता वारेन वेट्टी र फाय डुनअवे मञ्चमा आएका थिए । अघिल्लो वर्ष उत्कृष्ट फिल्म घोषणा गर्दा गलत फिल्मको नाम उच्चारण गरेर तिनले केही बेर अन्यौलको अवस्था निम्त्याएका थिए ।
पुरस्कार ग्रहण गर्न स्टेजमा गएका ‘सेप अफ वाटर’का निर्देशकले ठट्यौली पाराले वारेन वेट्टीको हातमा रहेको खाम हेरेका थिए ।
पछिल्ला केही वर्षदेखि ओस्कार अवार्ड वितरण कार्यक्रममा समसामयीक सामाजीक र राजनीति टिप्पणीले पनि चर्चा पाउने गरेको छ ।
यो वर्षको पनि त्यो परम्परा कायम रह्यो । कार्यक्रमलाई प्रस्तोता कमेडियन जिम्मी किम्मेलले ओस्कारमा अघिल्लो वर्ष हलिउडमा निक्कै चर्चा भएको निर्माता हार्वे विन्सटनको काण्डबारे टिप्पणी गरेर शुरु गरेका थिए ।
उत्कृष्ट फिल्मको उपाधि लिएपछि मेक्सिकन निर्देशक गुइल्मेरो डेल टोरोले भने, “म एक आप्रबासी हुँ ।...हाम्रो उद्योगले गर्ने सबैभन्दा उत्कृष्ट काम भनेको जब बाँकी समाज विभेदलाई गहिरो बनाउन खोज्छ फिल्म उद्योगले विभेद मेटाउने काम गर्छ ।”
उनको टिप्पणी पछिल्लो समय अमेरिकी राजनीतिमा आप्रबासी प्रति कढा हुँदै गएको बहसप्रति लक्षित थियो ।
उनी पछिल्लो पाँच वर्षमा ओस्कारमा उत्कृष्ट निर्देशक उपाधी पाउने तेस्रो मेक्सिकन नागरिक हुन् ।
९० औं ओस्कर अवार्डमा अन्य प्रमुख विधाका विजेताहरु
उत्कृष्ट निर्देशकः गुइलेर्मो डेल टोरो (सेप अफ वाटर)
उत्कृष्ट अभिनेताः ग्यारी ओल्डम्यान (डार्केस्ट आवर )

उत्कृष्ट अभिनेत्रीः फ्रान्स म्याकडोरमान्ड( थ्री विलवोर्ड आउटसाइड इविङ्गकी)

उत्कृष्ट एनिमेशन फिल्मः कोको
उत्कृष्ट विदेशी भाषामा बनेको फिल्मः फेन्टास्टीक वुमेन (सेवास्टीयन लेलिओ, चिली)
उत्कृष्ट वृतचित्रः इकारस


















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण