नापोलीविरुद्ध मिलानको झिनो अग्रता
बिहीबार, ३० चैत २०७९, ०९ : १३
मिलान । च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगमा एसी मिलानले १० खेलाडीमा सीमित नापोलीमाथि झिनो अग्रता बनाउन सफल भएको छ । बुधबार राति भएको खेलमा मिलान १–० गोलले विजयी भएको हो ।
खेलको पहिलो हाफमा अल्जेरियाका मिडफिल्डर इस्मायल बेनासेरले गरेको एकमात्र गोल निर्णायक बन्यो । दोस्रो हाफमा आन्द्रे फ्रांक जाम्बो एन्गुइसाले दोस्रो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिनुपरेपछि नापोली खेलमा फर्कन सकेन ।
१० दिनअघि मात्र सिरिए ए मा मिलानले नापोलीलाई ४–० गोलले हराएको थियो । लिगको शीर्ष स्थानमा रहेको नापोली पहिलोपटक च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण