शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

नापोलीविरुद्ध मिलानको झिनो अग्रता

बिहीबार, ३० चैत २०७९, ०९ : १३
बिहीबार, ३० चैत २०७९

मिलान । च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगमा एसी मिलानले १० खेलाडीमा सीमित नापोलीमाथि झिनो अग्रता बनाउन सफल भएको छ । बुधबार राति भएको खेलमा मिलान १–० गोलले विजयी भएको हो ।

खेलको पहिलो हाफमा अल्जेरियाका मिडफिल्डर इस्मायल बेनासेरले गरेको एकमात्र गोल निर्णायक बन्यो । दोस्रो हाफमा आन्द्रे फ्रांक जाम्बो एन्गुइसाले दोस्रो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिनुपरेपछि नापोली खेलमा फर्कन सकेन ।

१० दिनअघि मात्र सिरिए ए मा मिलानले नापोलीलाई ४–० गोलले हराएको थियो ।  लिगको शीर्ष स्थानमा रहेको नापोली पहिलोपटक च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप