एयरपोर्टमा कार्यरत कर्मचारीका लागि गोजीरहित पोशाकको व्यवस्था
काठमाडौँ । नेपाल वायु सेवा निगमले एयरपोर्टमा कार्यरत कर्मचारीका लागि गोजीरहित पोशाकको व्यवस्था गरेको छ । निमगले बिहीबार एक सूचना जारी गरी एयरपोर्टमा कार्यरत कर्मचारीका लागि गोजीरहित पोशाकको व्यवस्था गरिएको जानकारी दिएको हो ।
निमगले यात्रुहरुको चेक्ड ब्यागेज फुटेको पाइएको भन्ने गुनासोलाई प्राथमिकतामा राखेर ब्यागेज ओसारपसार गर्ने ट्रलिहरुमा बार र चेन लगाइएको समेत जानकारी दिएको छ । जारी सूचनामा ब्यागेज सुरक्षाका लागि कर्मचारी खटाइएको उल्लेख छ ।
निगमले ब्यागेज ह्याण्ड्लिङ सेवा सुधारका लागि निम्नानुसार व्यवस्था गरेको छ :
१. ब्यागेज ओसारपसार गर्ने ट्रलिहरुमा बार तथा चेन लगाइएको,
२. वर्षाको पानीले ब्यागेज भिज्न बाट बचाउन ब्यागेज ट्रलिमा छाना लगाइएको,
३. एयरपोर्टमा कार्यरत कर्मचारीहरुको लागि गोजिरहित पोसाकको व्यवस्था गरिएको,
४. ब्यागेज सुरक्षा सम्बन्धी कर्मचारीहरु खटाइएको,
५. ब्यागेज सम्वन्धी गुनासो सूनूवाइको लागि एयरपोर्ट स्थित Baggage Handling Unit लाइ २४ घण्टा क्रियाशिल गराइएको,
६. यसका अतिरिक्त CCTV र सुरक्षा निकाय को निगरानी समेत रहेको ब्यहोरा अनुरोध गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण